आरेन राईको प्रश्न– जीबी राईलाई जहाँबाट पनि ल्याउँछौं भनेको होइन, खै ?
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु जीबी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका छन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको टिप्पणी गरे । रास्वपा…
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु जीबी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका छन् ।
बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारी ठगीको विषय न्यायिक विषय भएपनि नेपाली नागरिकको अवस्थाबारे जानकारी लिनु राज्यको दायित्व भएको टिप्पणी गरे ।
रास्वपा सभापति रवि लामिछानेलाई इंगित गर्दै विगतमा आकाश पताल जहाँ भएपनि खोजेर ल्याउने अभिव्यक्ति दिनेहरू अहिले मौन रहेको टिप्पणी गरे ।
राई पक्राउ परे समस्या हुने डरले सरकार पक्षले चासो नदिएको हुनसक्ने उनको आशंका छ ।
‘जीबी राई सहकारी ठग मात्रै भनेर हामीले भनिरहेका छैनौं ? उ नेपाली नागरिक हो कि होइन ? देशको एउटा नागरिक हराएको छ । उहाँको सहकारीसम्बन्धी विषय अदालतले हेर्ला त्यो कानूनी पाटो हो,’ उनले भने, ‘यसमा सरकार र सम्बन्धित मन्त्रालयले काम गर्ने हो ? हिजो कि दिनमा उहाँहरूले नै आकाशमा गएपनि पातालमा गएपनि ल्याउँछु भन्नुभएको होइन । खै ?’
सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष राई अहिले फरार रहेका छन् ।
उनीमाथि मुलुकका विभिन्न जिल्लाहरूमा सहकारी ठगी र सांगठनिक अपराधको कसुरमा मुद्दा चलिरहेका छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →