कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

३ असार, स्याङ्जा । आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो । उनले दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए । घटनामा…

३ असार, स्याङ्जा । आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो ।

उनले दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए ।

घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग जलेको थियो । त्यहाँबाट उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार पठाइएको थियो ।

त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön