ट्रम्पको धम्की- इरानसँगको सम्झौता अन्तिम होइन, ठीक व्यवहार नभए फेरि बम झार्छौं
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जुन सम्झौताको सहमति बनेको छ, त्यो अन्तिम नभएको बताएका छन् । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यदि ऊ(इरान) ठीक तवरले व्यवहार गर्दै भने हामी सिधै फेरि उसको शिरको ठीकमाथि बम झार्न लागिहाल्छौं,’ ट्रम्पले भने । मंगलबार मात्रै ट्रम्पले इरानसँग भएको सहमतिअनुसार…
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जुन सम्झौताको सहमति बनेको छ, त्यो अन्तिम नभएको बताएका छन् । जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यदि ऊ(इरान) ठीक तवरले व्यवहार गर्दै भने हामी सिधै फेरि उसको शिरको ठीकमाथि बम झार्न लागिहाल्छौं,’ ट्रम्पले भने । मंगलबार मात्रै ट्रम्पले इरानसँग भएको सहमतिअनुसार अब उसँग कहिल्यै परमाणु हतियार नहुने दाबी गरेका थिए ।
यसअघि पाकिस्तानसहितका देशहरूको मध्यस्थतामा अमेरिका र इरानबीच जारी युद्ध रोक्ने सहमति जुटेको थियो । जसअनुसार शुक्रबार स्वीट्जरल्यान्डमा दुई देशबीच सम्झौतामा हस्ताक्षर हुने भनिएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →