सशस्त्र प्रहरीको बन्दोबस्तीका सामान हेलिकप्टरमार्फत लाम्पाटा पुर्‍याइयो

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान हेलिकप्टरमार्फत अस्थायी सुरक्षा बेस लाम्पाटामा पुर्‍याइएको छ ।

सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान हेलिकप्टरमार्फत अस्थायी सुरक्षा बेस लाम्पाटामा पुर्‍याइएको छ ।

३ असार, काठमाडौं । हेलिकप्टरमार्फत सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान अस्थायी सुरक्षा बेस लाम्पाटामा पुर्‍याइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको उक्त सामान बाजुरा गुल्मबाट असार ३ गते बिहान लाम्पाटा पुर्‍याइएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा यही जेठ ३१ गते सशस्त्र र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना भएको थियो ।

बुधबार प्रधान कार्यालयको निर्देशनमा नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयबाट बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षा फौजको कामकारबाही बारे जानकारी लिनुको साथै आवश्यक निर्देशन दिए ।

प्रधान कार्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वय समेत प्रधान कार्यालयले नै गर्नेछ । सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सो टोली जेठ २७ गते उक्त स्थानमा खटिएको थियो । लाम्पाटालाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद हुँदै आएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön