चिया निकासी खोल्न सरकारको खोजी
भारतीय पक्षले निकासीमा अवरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन सरकारसँग माग गरेको छ ।
भारतीय पक्षले निकासीमा अवरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन सरकारसँग माग गरेको छ ।
३ असार, विराटनगर । भारतीय पक्षले निकासीमा अवरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन सरकारसँग माग गरेको छ ।
भारतीय पक्षले अवरोध गर्दा नेपाली चिया निर्यात रोकिएको छ । जसका कारण इलामका ५३ चिया उद्योग १ असारदेखि बन्द छन् । झापाका ३२ उद्योगीले बिहीबारबाट चिया उद्योग बन्द गर्ने घोषणा गरेका छन् ।
निकासीमा देखिएको अवरोधका कारण चिया उद्योग संकटमा पुगेपछि महासंघले निकासी खुलाउन उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणका लागि निर्यातको वातावरण बनाउन सरकारले ढिलाइ गर्न नहुने बताए ।
‘चिया उद्योगले वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ,’ अध्यक्ष राउतले भने, ‘भारतीय पक्षबाट लागू गरिएको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया सीमानाकामा रोकिएको छ । यसले गर्दा उद्योगहरूमा मौज्दात बढेको छ, नगद प्रवाहमा गम्भीर समस्या देखिएको छ ।’ हजारौँ किसान, श्रमिक र उद्यमीहरू प्रत्यक्ष मारमा परेको उनले बताए ।
चिया उद्योग बन्द हुँदा चिया क्षेत्रका प्रत्यक्ष रूपमा कार्यरत २० हजारभन्दा बढी श्रमिक र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जन संकटमा परेको राउतले बताए ।
नेपालको करिब १० हजार हेक्टर जग्गामा वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ । कुल उत्पादनमध्ये ठूलो हिस्सा अर्थात् २ करोड ५६ लाख किलोग्राम चिया वार्षिक रूपमा भारततर्फ निकासी हुँदै आएको थियो ।
तर, निकासीको मुख्य बजारमै अवरोध भएपछि चिया क्षेत्र धराशायी हुने अवस्थामा पुगेको उनले बताए ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →