सरकार भन्छ- गोदामभरि मल छ, किसान भन्छन्- कतै पाइएन

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

एकातिर सरकार मल अभाव नहुने भन्दै तथ्यांकको फेहरिस्त पेस गरिरहेको छ भने अर्कातिर खेतमा हिलो खेलिरहेका किसान भने रोपाइँ सुरुवातमै मल नपाएको गुनासो गरिरहेका छन् ।

एकातिर सरकार मल अभाव नहुने भन्दै तथ्यांकको फेहरिस्त पेस गरिरहेको छ भने अर्कातिर खेतमा हिलो खेलिरहेका किसान भने रोपाइँ सुरुवातमै मल नपाएको गुनासो गरिरहेका छन् ।

३ असार, काठमाडौं । जेठ अन्तिम सातादेखि मुलुकका विभिन्न जिल्लामा धान रोपाइँ चटारो सुरु भएको छ । असार लागेसँगै देशैभरि रोपाइँ सुरु हुन्छ ।

पर्याप्त पानी उपलब्ध भएका भेगमा रोपाइँ चटारो बढेको छ । यद्यपि, केही क्षेत्रमा भने अझै पर्याप्त वर्षा नहुँदा खेती सुरु हुन सकेको छैन ।

धान रोपाइँको मुख्य सिजनमा किसानको पहिलो आवश्यकता भनेकै रासायनिक मल हो । तर, एकातिर सरकार मलको कुनै अभाव नहुने भन्दै तथ्यांकको फेहरिस्त पेस गरिरहेको छ भने अर्कातिर खेतमा हिलो खेलिरहेका किसान भने रोपाइँ सुरुवातमै मल नपाएको गुनासो गरिरहेका छन् ।

सल्यानमा यतिबेला धान रोपाइँ चटारो छ । तर, किसानले खेतमा हाल्ने रासायनिक मल भने पाउन नसकेको बताएका छन् ।

सरकारले मल अभाव नहुने दाबी गरिररहेकै बेला सल्यानका किसानले भने मल खोज्न दैनिक भौँतारिन बाध्य भएको गुनासो गरेका छन् ।

सल्यानका खोलानाला र पानीको मुहान आसपास क्षेत्रमा रोपाइँ सुरु भइसकेको छ । यद्यपि, आकाशे पानीमा निर्भर ठूला फाँट र टारहरूमा भने रोपाइँ सुरु हुन सकेको छैन ।

सल्यान शारदा नगरपालिकाका किसान हिमाल योगीका अनुसार लेकाली भेगमा १०-१२ जेठदेखि नै रोपाइँ सुरु भए पनि अलि गर्मी हुने ठाउँमा १०-१५ असारदेखि मात्र सुरु हुन्छ ।

आफ्नो मुख्य पेसा नै कृषि बनाउँदै आएका उनले धान रोपाइँकै बेला जिल्लामा रासायनिक मल अभाव झेल्नुपरेको बताए । उनका अनुसार कृषि सहकारीदेखि निजी पसलसम्म कतै पनि मल पाइएको छैन ।

‘रासायनिक मल अभाव छ, यो राज्यको पहिलेदेखिकै समस्या हो, यो वर्ष पनि किसानले मल अभाव झेल्नुपर्ने नियतिले निरन्तरता पाएको छ,’ योगीले अनलाइनखबरसँग भने, ‘सहकारी र पसल सबैतिर धाउँदा पनि पाइएन, साल्ट ट्रेडिङको अफिसमा जाँदा पनि आउँछ-आउँछ मात्र भन्छन्, तर अहिलेसम्म आएको छैन ।’

अघिल्ला वर्षहरूमा महँगै तिरेर भए पनि बाहिरका व्यापारीबाट मल किन्न पाइने अवस्था रहेको तर यस वर्ष त्यो विकल्प पनि बन्द भएको उनले बताए ।

रासायनिक मल नपाएपछि सल्यानका किसानले परम्परागत गोठे मल (गाईबाख्राको मल) र ‘असुरो’ जस्ता स्याउला कुहाएर ब्याड राखेका थिए । तर, ठूलो क्षेत्रफलमा रोपाइँ गर्न यो पर्याप्त हुँदैन । योगीलाई मात्रै आफ्नो खेतका लागि एक सिजनमा २ बोरा युरिया र १ बोरा डीएपी मल आवश्यक पर्छ ।

‘रोपाइँ गर्ने बेला सुरुमै डीएपी मल माटोमा हाल्नुपर्छ, युरिया भने पछि दुई-तीन पटक राख्दा हुन्छ, तर अहिले रोप्ने बेलामै मल छैन,’ योगीले भने, ‘मल त रोपेपछि छरिहाल्नुपर्छ, पछाडि छरेर त कामै छैन ।’

शारदा नगरपालिका-१५ का अर्का किसान तिलक पुन मल नपाउँदा रोपाइँमै समस्या भएको बताउँछन् । अहिले रोपाइँ गरिरहेका उनी दुई सातादेखि मलको खोजीमा छन् ।

‘दुई हप्तादेखि खोजिरहेको छु, तर सहकारीमा मल पाइएन,’ पुनले गुनासो गरे, ‘ठ्याक्कै धान रोप्ने बेला डीएपी मल खात (बेस) का रूपमा चाहिन्छ, अहिले पनि साल्ट ट्रेडिङ र निजी पसलहरू सबैतिर धाउँदा पनि मल पाउन सकिएन ।’

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön