परराष्ट्रमन्त्रीका दुई भ्रमणका सन्देश : दिल्लीसँग दूरी घटाउँछौं, बेइजिङसँग विश्वास बढाउँछौं

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

जेनजी आन्दोलन र चुनावपछि बदलिएको नेपाली सत्ता–राजनीतिबारे छिमेकमा व्याप्त अन्यौल र आशंका चिर्न खनालले गरेका दुई भ्रमणको सार मूलत: एकै थियो– काठमाडौंमा सरकार फेरिएको छ, तर आधारभूत राष्ट्रिय हित फेरिएको छैन ।

जेनजी आन्दोलन र चुनावपछि बदलिएको नेपाली सत्ता–राजनीतिबारे छिमेकमा व्याप्त अन्यौल र आशंका चिर्न खनालले गरेका दुई भ्रमणको सार मूलत: एकै थियो– काठमाडौंमा सरकार फेरिएको छ, तर आधारभूत राष्ट्रिय हित फेरिएको छैन ।

३ असार, काठमाडौं । गत वर्षको जेनजी आन्दोलनले नेपालको सत्ता–राजनीतिलाई बुझ्ने चस्मा नै बदलिदियो । दशकौंसम्म शक्तिको केन्द्रमा रहेका परम्परागत राजनीतिक दलहरू विस्थापित भए ।

गत फागुन २१ को चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भयो । जनताले दिएको असाधारण जनादेशसँगै नयाँ पुस्ता सत्ताको नेतृत्वमा पुग्यो । नेपालभित्रै पनि धेरैलाई अस्वाभाविक लाग्ने यो परिघटनाप्रति छिमेकी मुलुकहरू भारत र चीन पनि निकै चनाखो थिए ।

चनाखो नहुन् पनि किन ? यसै पनि दिल्ली र बेइजिङ लामो समयदेखि नेपाली राजनीतिका परिचित अनुहार, स्थापित दल र परम्परागत कूटनीतिक सम्पर्कसँग अभ्यस्त थिए ।

नयाँ राजनीतिक शक्ति कस्तो हो, अचानक उदाएको नयाँ नेतृत्वले विदेश नीति कसरी सञ्चालन गर्छ, राष्ट्रवादको नयाँ भाष्यले छिमेकीसँगको सम्बन्धलाई कसरी प्रभावित गर्छ, नेपालले आफ्नो परम्परागत सन्तुलन कायम राख्छ कि नयाँ ध्रुवतर्फ ढल्किन्छ– यस्ता प्रश्न दुवै राजधानीमा विद्यमान थिए ।

परराष्ट्रमन्त्री शिशिर खनालले भारत र त्यसलगत्तै चीनको भ्रमण गरेर ती प्रश्नहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

जेठ २२ देखि २४ सम्म भारत र जेठ ३१ देखि ३ सम्म गरेको चीनको भ्रमणमा दुवै मुलुकसँग कुनै ऐतिहासिक सहमति र सम्झौता भएनन् । लगानीका नयाँ परियोजनाहरूमा पनि अघि बढेनन् ।

तर विश्वास निर्माण गर्न र अन्योल हटाउने प्रयासमा भने खनाल प्रभावी बन्न खोजेका छन् । जेनजी आन्दोलन र चुनावपछि बदलिएको नेपाली सत्ता–राजनीतिबारे छिमेकमा व्याप्त अन्यौल र आशंका चिर्न खनालले गरेका दुई भ्रमणको सार मूलत: एकै थियो– काठमाडौंमा सरकार फेरिएको छ, तर आधारभूत राष्ट्रिय हित फेरिएको छैन ।

अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. खड्ग केसीका अनुसार भ्रमण मुख्य रुपमा विश्वास निर्माण गर्ने र छिमेकीहरूका मनमा रहेका आशंकाहरूलाई हटाउन केन्द्रित भएको देखिन्छ ।

भारत र चीन भ्रमणलाई जोडेर हेर्दा नेपालको परम्परागत परराष्ट्र नीतिले नै निरन्तरता पाएको देखिन्छ।

उनका अनुसार सरकार गठनअघि नयाँ नेतृत्वले नेपालको कूटनीतिक सन्तुलन बदल्न सक्छ भन्ने अनुमान गरिए पनि व्यवहारमा त्यस्तो देखिएन ।

‘यो कुनै ठूलो सम्झौता गर्ने भ्रमणभन्दा पनि नेपालको सन्तुलित र असंलग्न परराष्ट्र नीति यथावत् रहेको सन्देश दिने भ्रमण थियो’, प्राध्यापक केसीले भने ।

उनका अनुसार नयाँ सरकारले दुवै छिमेकीलाई नेपालको कूटनीतिक जग अझै बलियो र स्थिर रहेको विश्वास दिलाउन सफल भएको छ।

सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणामा पाँचदिने भ्रमण गरे लगत्तै पराराष्ट्रमन्त्री खनाल जेठ २२ मा दिल्ली उत्रिएका थिए ।

लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विशिष्ट र सबै प्रभावशाली मन्त्रीहरूलाई भेटेका थिए । उक्त भेटमा नै सत्तारुढ दलको प्राथमिकता र नयाँ सर

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön