रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याउँदा… (तस्वीर/भिडियो)

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

पुल्चोकमा रथारोहण गरी शुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गा:बहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।

पुल्चोकमा रथारोहण गरी शुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गा:बहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ ।

३ असार, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण शुरु भएर लगनखेलको ठटी टोलमा रोकिएको रथलाई शुभ साइतअनुसार तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो ।

रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन भएकाले असार ६ गते शनिबार भोटो देखाइने तय भएको छ ।

भोटो देखाएसँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराइएको किम्वदन्ती छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön