गुगलद्वारा एन्ड्रोइड १७ र वेयर ओएस ७ सार्वजनिक

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

गुगलले आफ्नो नयाँ मोबाइल अपरेटिङ सिस्टम 'एन्ड्रोइड १७' र स्मार्टवाचका लागि 'वेयर ओएस ७' को फाइनल भर्सन आधिकारिक रूपमा बजारमा ल्याएको छ।

गुगलले आफ्नो नयाँ मोबाइल अपरेटिङ सिस्टम ‘एन्ड्रोइड १७’ र स्मार्टवाचका लागि ‘वेयर ओएस ७’ को फाइनल भर्सन आधिकारिक रूपमा बजारमा ल्याएको छ।

सधैँझैँ यो नयाँ सफ्टवेयर अपडेट सबैभन्दा पहिले गुगलकै पिक्सेलस्मार्टफोनहरूमा उपलब्ध गराइएको छ। यस पटकको जुन २०२६ ‘पिक्सेल ड्रप’ मा गुगलले आफ्ना लेटेस्ट आर्टिफिसियल इन्टेलिजेन्स मोडेलहरूलाई प्राथमिकताका साथ फोनभित्रै समेटेको छ ।

जसमा म्युजिक जेनेरेट गर्ने ‘लिरिया ३’ , मल्टिमोडल क्षमताको ‘जेमिनी ओम्नी’ र अडियोएलएम समावेश छन्।

यो नयाँ अपडेटले गुगलको एआई केन्द्रित रणनीतिलाई देखाउँछ । जहाँ आगामी सेप्टेम्बरमा एप्पलले आफ्नो आईओएस २७ मार्फत सिरी लाई अपग्रेड गर्ने तयारी गरिरहँदा गुगलले भने एन्ड्रोइड १७ मार्फत क्रिएटिभिटी र कम्युनिकेसनका लागि उच्च स्तरीय एआई फिचरहरू पहिल्यै प्रदान गरिसकेको छ।

नयाँ पिक्सेल ड्रप अन्तर्गत एन्ड्रोइडको ‘क्विक सेयर’ फिचरलाई पुराना पिक्सेल ८ए र ९ए मोडलहरूमा एप्पलको ‘एयरड्रप’ सँग मिल्दोजुल्दो बनाइएको छ। युजरले जेमिनी एपभित्र ‘लिरिया ३’ को मद्दतले सिम्पल कमान्ड वा फोटो अपलोड गरेरै गीत वा सङ्गीत बनाउन सक्नेछन् ।

‘जेमिनी ओम्नी’ मार्फत च्याट गर्दागर्दै भिडियो एडिट गर्न सकिनेछ। यसका साथै पिक्सेल १०ए फोनहरूमा अब रियल-टाइम स्पिच-टु-स्पिच ट्रान्सलेसन सर्भिस अझ बढी प्रभावकारी हुनेछ।

दैनिक प्रयोग र मनोरञ्जनका लागि एन्ड्रोइड १७ मा धेरै नयाँ फिचरहरू थपिएका छन्। सोसल मिडिया युजरहरू र कन्टेन्ट क्रिएटरहरूका लागि ‘स्क्रिन रियाक्सन’ फिचर निकै उपयोगी हुनेछ । जसको मद्दतले फोनको स्क्रिन रेकर्ड भइरहेका बेला फ्रन्ट सेल्फी क्यामेराबाट आफ्नो अनुहार र रियाक्सन पनि सँगै रेकर्ड गर्न सकिन्छ।

यो प्रविधि टिकटक, यूट्यूब र इन्स्टाग्रामका लागि भिडियो बनाउन निकै सहयोगी हुनेछ। त्यसैगरी, मल्टिटास्किङलाई तीव्र बनाउन स्क्रिनको मुनिपट्टि ‘बबल बार’ थपिएको छ । जहाँ भर्खरै चलाइएका एपहरू ससाना बबलका रूपमा बस्छन् र एकै पटकमा धेरै एप चलाउन सहज बनाउँछन्।

फोल्डेबल फोनका लागि एउटा नयाँ गेमिङ मोड ल्याइएको छ । जसले आधा स्क्रिनमा गेम र बाँकी आधा स्क्रिनलाई डाइनामिक गेमप्याडमा परिणत गरिदिन्छ। फोन उठाउन नसक्दा कल गर्ने व्यक्तिका लागि आफ्नै आवाजमा आउटगोइङ अडियो म्यासेज रेकर्ड गरेर राख्न मिल्ने र ‘टेक अ म्यासेज’ सुविधालाई पनि विश्वभर बिस्तार गरिएको छ।

सुरक्षा र पेरेन्टल कन्ट्रोल तर्फ पनि एन्ड्रोइड १७ मा ठुलो सुधार गरिएको छ। गुगलको ‘फाइन्ड हब’ मा अब ‘मार्क एन्ड लस्ट’ फिचर थपिएको छ । जसले फोन हराएमा बायोमेट्रिक बिना कसैलाई पनि फोन खोल्न दिँदैन। ‘लाइभ थ्रेट डिटेक्सन’ ले शङ्कास्पद एप र ठगीका कलहरूलाई स्वतः ब्लक गर्नेछ। आमाबुबाले गुगल अकाउन्ट लिंक नगरीकनै केवल एउटा पिन कोड राखेर बच्चाहरूको फोनमा स्क्रिन टाइम र कन्टेन्ट फिल्टर गर्न सक्नेछन्।

अर्कोतर्फ, स्मार्टवाचका लागि ल्याइएको ‘वेयर ओएस ७’ ले पिक्सेल वाचलाई जीवनरक्षक डिभाइसमा रूपान्तरण गरिदिन्छ। यदि घडीले कार दुर्घटना, कडा गिरावट वा युजरको मुटुको धड्कन रोकिएको पत्ता लगाएमा यसले तुरुन्तै आपत्कालीन सेवा र

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön