एक्सले ‘विज्ञापन क्याम्पेन’ निगरानी प्रक्रियालाई थप सरल बनायाे

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

एक्सले विज्ञापन साझेदारहरूका लागि आफ्ना विज्ञापन ‘क्याम्पेन’ को प्रभावकारिता र नतिजा निगरानी गर्ने प्रक्रियालाई थप सरल र विस्तृत बनाएको छ।

एक्सले विज्ञापन साझेदारहरूका लागि आफ्ना विज्ञापन ‘क्याम्पेन’ को प्रभावकारिता र नतिजा निगरानी गर्ने प्रक्रियालाई थप सरल र विस्तृत बनाएको छ।

सामाजिक सञ्जाल एक्सले विज्ञापन साझेदारहरूका लागि आफ्ना विज्ञापन ‘क्याम्पेन’ को प्रभावकारिता र नतिजा निगरानी गर्ने प्रक्रियालाई थप सरल र विस्तृत बनाएको छ। कम्पनीले गुगल ट्याग म्यानेजर (जीटीएम) सँग नयाँ साझेदारी गर्दै विज्ञापनको ‘इभेन्ट ट्र्याकिङ’ क्षमतालाई बढाएको हो।

गुगलको ट्याग म्यानेजरले मार्केटर्स वा विज्ञापनदाताहरूलाई वेबसाइटको मुख्य कोड परिवर्तन नगरीकन मार्केटिङ र एनालिटिक्स ट्यागहरू व्यवस्थापन गर्न अनुमति दिन्छ। वेबसाइटमा जीटीएम कोड राखेपछि विज्ञापनदाताले एउटै केन्द्रीय प्रणालीबाट सबै ट्र्याकिङ ट्यागहरू सञ्चालन गर्न सक्छन्। अब यही सजिलो प्रक्रियामार्फत विज्ञापनदाताहरूले एक्सको ट्र्याकिङ ट्याग पनि आफ्नो वेबसाइटमा जोड्न पाउनेछन्।

एक्सका अनुसार अब विज्ञापनदाताहरूले ‘एक्स एड्स म्यानेजर’ भित्रै कुनै कोडिङ बिना (नो- कोड एक्स्पिरियन्स) गाइड पछ्याएर सिधै ‘पिक्सेल’ र ‘कन्भर्सेसन एपीआई’ सेटअप गर्न सक्नेछन्। यसले गर्दा प्राविधिक ज्ञान वा डेवलपरको सहयोग बिना नै विज्ञापनबाट वेबसाइटमा भएका कन्भर्सनका विवरणहरू ट्र्याक गर्न सकिनेछ।

यस प्रविधिलाई थप बलियो बनाउन एक्सले ‘रियल-टाइम कन्भर्सेसन डायग्नोस्टिक्स’ नामक एउटा नयाँ लाइभ ड्यासबोर्ड पनि सुरु गरेको छ। यस ड्यासबोर्डमार्फत विज्ञापनदाताहरूले पिक्सेल र सीएपीआई इभेन्टको अवस्थालाई प्रत्यक्ष रूपमा निगरानी गर्न र प्राविधिक समस्याहरू तुरुन्तै पत्ता लगाई समाधान गर्न सक्नेछन्।

साथै, प्राविधिक टोली र विकासकर्ताहरूको सहजताका लागि एक्सले आफ्ना सबै कन्भर्सेसन एपीआई स्रोतहरूलाई ‘इभेन्ट्स म्यानेजर’ भित्र एकीकृत गरिदिएको छ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön