व्हाट्सएपमा म्यासेज ‘सेड्युल’ गर्ने फिचर आउँदै, समय तोकेर पठाउन मिल्ने
यो नयाँ सुविधा हाल आईओएसको सीमित बेटा संस्करणहरूमा परिक्षणका क्रममा देखिएको छ।
यो नयाँ सुविधा हाल आईओएसको सीमित बेटा संस्करणहरूमा परिक्षणका क्रममा देखिएको छ।
व्हाट्सएपले प्रयोगकर्ताहरूलेएउटा महत्त्वपूर्ण फिचर ल्याउने तयारी गरेको छ। यो नयाँ फिचरले प्रयोगकर्तालाई ‘अटोमेटेड म्यासेज सेड्युलिङ’ को सुविधा दिनेछ। जसको गर्दा म्यानुअल रूपमा नथिचिकनै पहिले नै तोकिएको समयमा म्यासेज स्वतः पठाइनेछ।
यस फिचरमा प्रयोगकर्ताले सुरुमा म्यासेज टाइप गर्नुपर्छ र, त्यसपछि पठाउने बटनलाई केही लंग प्रेस गरेर आफूलाई पायक पर्ने मिति र समय सेलेक्ट गर्नुपर्छ।
यसरी सेड्युल गरिएको म्यासेज मोबाइल बन्द भएको अवस्थामा वा एप निष्क्रिय रहँदा पनि व्हाट्सएपको सर्भरमार्फत तोकिएकै समयमा स्वतः डेलिभर हुनेछ।
प्रयोगकर्ताले चाहेको खण्डमा उक्त निर्धारित समय आउनु अगावै म्यासेजलाई एडिट गर्न वा दिलिट गर्न सक्नेछन् ।
यदि सेड्युल गरिएको म्यासेजलाई समय अगावै डिलिट त्यसबारे कुनै नोटिफिकेसन जाने छैन। यो प्रविधिले व्हाट्सएपलाई थर्ड पार्टी एप्समा निर्भर रहनुपर्ने बाध्यताबाट मुक्त गराउनेछ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →