चीन भ्रमण सकेर फर्किए परराष्ट्रमन्त्री खनाल

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असार, काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनी चीनका विदेशमन्त्री वाङ यीको निम्तामा गत ३१ जेठमा चीन भ्रमणमा गएका थिए । बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । सो क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच…

३ असार, काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् ।

उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनी चीनका विदेशमन्त्री वाङ यीको निम्तामा गत ३१ जेठमा चीन भ्रमणमा गएका थिए ।

बेइजिङमा परराष्ट्रमन्त्री खनालले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

सो क्रममा दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको खनालले बताएका छन् ।

आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुबै पक्षबीच मतैक्य रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुई पक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön