१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

३ असोज, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको समूह बी मा रहेको बुढानिलकण्डले मंगलबार ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जितेको छ । निकै…

३ असोज, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपको समूह चरणको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल प्रवेश गरेको छ ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको समूह बी मा रहेको बुढानिलकण्डले मंगलबार ट्रेनिङ ग्राउण्डलाई ५७-५० ले पराजित गर्दै लगातार तेस्रो खेल जितेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा बुढानिलकण्ठले १४-१४, १२-८, १७-२३, १४-५ को प्रदर्शन गरेको थियो । खेलमा बुढानिलकण्ठकी अनुसा मल्लले सर्वाधिक २७ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह बी मा बुढानिलकण्ठ ६ अंक जोडेर शीर्ष स्थानमा रह्यो । यसै समूहको अर्को खेलमा ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ७७-६ को फराकिलो अन्तरले हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।

एकपक्षीय खेलमा ट्रेनिङ ग्राउण्डले ३३-०, १४-४, १७-०, १३-२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । ट्रेनिङ ग्राउण्डकी विनामनी योन्जनले सर्वाधिक १५ अंक जोडिन् भने हिरा बोहरा प्लेअर अफ दि म्याच घोषित भइन् ।

तीन मध्ये दुई जित र एक हारबाट ५ अंक जोड्दै ट्रेनिङ ग्राउण्ड उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै समूह ए अन्तर्गत मंगलबार सुनसरी बास्केटबल एसोसिएसन र अन्नपूर्ण बास्केटबल एसोसिएसन विजयी भए ।

सुनसरीले रोमाञ्चक खेलमा आइएस नेपाललाई ३८-३६ को अन्तरले हरायो । सुरुवाती दुई क्वाटरमा आइएसलृ ४-३ र १०-७ को अग्रता लिएपनि सुनसरीले तेस्रो क्वाटर १३-१३ को बराबरी गरेको थियो भने चौथो क्वाटर १५-९ ले आफ्नो पक्षमा पार्दै रोमाञ्चक जित हात पारेको हो ।

यस खेलमा सुनसरीकी हिमखेन लिम्बुले ८ अंक स्कोर गरिन् भने सनिता लिम्बु प्लेअर अफ दि म्याच घोषित भइन् । यस्तै अर्को खेलमा अन्नपूर्णले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८-४१ ले हरायो ।

अन्तपूर्णले खेलमा १५-९, ५-७, ९-९, १९-१६ को प्रदर्शन गरेको थियो । अन्नपूर्णकी निर्भय शर्माले सर्वाधिक २५ अंक स्कोर गरिन् र शर्मा नै प्लेअर अफ दि म्याच घोषित भइन् ।

समूह ए बाट आइएस समूह विजेता र सुनसरी समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन् ।

अब सेमिफाइनलमा समूह ए को विजेता आइएसले समूह बी को उपविजेता ग्राण्डी स्टार्सँग खेल्नेछ भने समूह बी को विजेता बुढानिलकण्ठले समूह ए को उपविजेता सुनसरीसँग खेल्नेछ । दुवै सेमिफाइनल खेल बिहीबार हुनेछ ।

नेपाल बास्केटबल संघले एक दशकपछि महिला बास्केटबलको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधार समेत रहेको बास्केटबल संघले जनाएको छ ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गरेका हुन् ।

असार ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई १० हजार, उदीयमान टोलीलाई १० हजार तथा उपत्यक

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön