रामहरि श्रेष्ठ हत्या प्रकरण : माओवादी पूर्वलडाकु बटाला कारागार चलान

📌 Diğer 📰 Nepal 🕐 5 saat önce

३ असार, काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्यामा दोषी ठहर भएका माओवादी पूर्वलडाकु गोविन्द बहादुर बटाला डिल्लीबजार कारागार चलान भएका छन् । घटनामा सर्वोच्च अदालतले १० वर्ष कैद सजायँ सुनाएपछि उनी आज आफैं अदालत उपस्थित भएका थिए । लगत्तै उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले…

३ असार, काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्यामा दोषी ठहर भएका माओवादी पूर्वलडाकु गोविन्द बहादुर बटाला डिल्लीबजार कारागार चलान भएका छन् ।

घटनामा सर्वोच्च अदालतले १० वर्ष कैद सजायँ सुनाएपछि उनी आज आफैं अदालत उपस्थित भएका थिए । लगत्तै उनलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको हो ।

नेपाली कम्युनिस्ट पार्टीका नेता हिमाल शर्माले बटालालाई डिल्लीबजार कारागार पुर्‍याएर फर्किएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै सफाइ दिने फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय गत जेठ २८ गते सुनाएको थियो ।

तत्कालीन माओवादी लडाकुका ब्रिगेड कमाण्डर रहेका बटलामाथि रामहरिलाई अपहरणपछि हत्या गरी नारायणी नदीमा फ्याँकेको आरोप छ ।

२०६२/६३ को जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएका थिए । माओवादीका तत्कालीन जनमुक्ती सेना विभिन्न शिविरमा केन्द्रित हुन थालेका थिए ।

चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो ।

१४ चैत, २०६४ मा सम्पर्क कार्यालयमा १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । घटनाको छानविनका लागि भन्दै बटाला सहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र रामहरी श्रेष्ठलाई अपहरण गरी चितवन लगेका थिए ।

तत्कालीन समयमा चितवनमा स्थापना गरिएको तेस्रो डिभिजनका ब्रिगेड कमाण्डर बटालाले सोधपुछ गर्दा रामहरिले आफूसँग नियन्त्रणमा लिइएका केशव अधिकारी र गंगाराम थापाको नाम पोलेका थिए ।

गोविन्द बटालाको दाबी अनुसार, २०६५ साल वैशाख ३१ गते विहान ‘चोरीको रहस्य किन खोलिस् ?’ भन्दै रामहरि श्रेष्ठलाई केशव अधिकारी र गंगाराम थापाले कुटपिट गरी मरणासन्न अवस्थामा पुर्‍याएका थिए ।

उनलाई उपचारका लागि अस्पताल लैजान खोज्दा बाटोमा मृत्यु भएको थियो । उनको लास गोविन्दबहादुर बटालाले नारायणी नदी फालेको भनी तत्कालीन तेस्रो डिभिजनले ३ जेठ, २०६५ मा प्रहरीमा पत्र पठाएको थियो ।

रामहरिकी पत्नी रमिलाले बटाला नेतृत्वको माओवादी कार्यकर्ताको टोलीले ‘सानो काम छ भनी कब्जामा लिएको’ भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । उनले जाहेरीमा कालीबहादुर खाम र गोविन्दबहादुर बटालामाथि घटनामा संलग्न रहेको किटानी गरेकी थिइन् ।

गोविन्दबहादुरले मरणासन्न अवस्थामा रहेका रामहरिलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा नारायणगढ–मुग्लिन सडकको भालुढुंगामा मृत्यु भएको दावी गरेका थिए । घटनामा मुछिएको गंगाराम र केशवले शवलाई तन्नामा राखी ढुंगा हालेर झोलुंगे पुलको बीचबाट नारायणी नदीमा फालेको बटालाले बयानमा खुलाएका थिए ।

पानीमै डुबोस् र नभेटियोस् भन्ने उद्देश्यले उनीहरुले लाशलाई तन्नामा बेरेर त्यसमा ढुंगासमेत राखेको जाँचबुझ समितिको प्रतिवेदनमा उल्लेख छ । खोजबिन गर्दा नभेटिएको शवपछि सड्न लागेको अवस्थामा त्रिशुली किनारमा फेला पर्‍यो ।

तर चितवनस्थित शिक्षण अस्पतालको अभिलेख अनुसार, श्रेष्ठको मत्यु बटालाले भने जस्तो उपचार गर्न काठमाडौं लैजाने क्रममा नभई अ

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön