पहिलो हाफमै पोर्चुगल विरुद्ध कंगोले फर्कायो बराबरी गोल

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा डिआर कंगो पोर्चुगलविरुद्ध पहिलो हाफमै बराबरी गोल फर्काएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा कंगोलका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरे । पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमै कंगोले बराबरी गोल…

पहिलो हाफमा पोर्चुगलको तुलानामा कंगोले नै बढि आक्रमण बनाएको थियो । कंगोले ६ सट प्रहार गर्दा पोर्चुगलले २ सट मात्र प्रहार गरेको थियो ।

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा डिआर कंगो पोर्चुगलविरुद्ध पहिलो हाफमै बराबरी गोल फर्काएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा कंगोलका योहान विसाले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा बराबरी गोल गरे ।

५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको डिआर कंगोले विश्वकपमा पहिलो गोल गरेको हो । सन् १९७४ मा जायरको नामबा६ विश्वकप खेल्दा समहु चरणमा तीन खेलमा पराजित भएको कंगोले कुनै गोल गर्न सकेन ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमै कंगोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ ।

त्यसअघि पोर्गुगलका जोआओ नेभेसले लागि छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार छैटौं विश्वकप खेलिरहेहका छन् । उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसीपछि लगातार छ विश्वकप खेल्ने दोस्रो खेलाडी बने ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön