क्रोएसियाले फेरी फर्कायो बराबरी गोल

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

ह्यारी केनले दुई पटक इंग्ल्यान्डलाई अग्रता दिलाएपनि पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दोस्रो पटक बराबरी गोल फर्काएको हो ।

ह्यारी केनले दुई पटक इंग्ल्यान्डलाई अग्रता दिलाएपनि पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दोस्रो पटक बराबरी गोल फर्काएको हो ।

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा क्रोएसियाले दोस्रो पटक बराबरी गोल फर्काएका छन् ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले दुई पटक गोल गर्दे अग्रता दिलाएपनि पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दोस्रो पटक बराबरी गोल फर्काएको हो ।

डालास स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका पिटर मुसाले इन्जुरी टाइमको पाँचौ मिनेटमा हेड मार्फत बराबरी गोल गरे ।

त्यअघि कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

केनले ४२औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön