केनको दोस्रो गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

फिफा विश्वकपमा केनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

फिफा विश्वकपमा केनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

३ असार, काठमाडौं । ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।

डालास स्टेडियममा भइरहेको खेलमा केनले ४२औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाए । डेक्लास लाइसको कर्नरमा केनले हेडमार्फत गोल गरेका हुन् ।

फिफा विश्वकपमा उनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् । इंग्लयान्डका ग्यारी लिनेकरले १० गोल गरेका थिए ।

त्यअघि कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरडोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön