एमालेको पार्टी पुनर्गठन अभियानसहितको सुझाव संकलन आजदेखि लुम्बिनीमा
४ असार, बुटवल । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । बागमती र कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सहभागी हुनका लागि पार्टीको केन्द्रीय टोली लुम्बिनी आइपुगेको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार कपिलवस्तुको चन्द्रौटामा आयोजना हुने…
४ असार, बुटवल । नेकपा एमालेले सञ्चालन गरिरहेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । बागमती र कोशी प्रदेशपछि लुम्बिनी प्रदेशमा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा सहभागी हुनका लागि पार्टीको केन्द्रीय टोली लुम्बिनी आइपुगेको छ ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार कपिलवस्तुको चन्द्रौटामा आयोजना हुने बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ,गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत शीर्ष नेताको सहभागिता रहनेछ।
बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहने अध्यक्ष कंडेलले जानकारी दिए।
उनका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीको संगठनात्मक पुनःगठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीति तय गर्ने रहनेछ। बैठकबाट संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्तालाई सक्रिय बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ।
बागमती र कोशी प्रदेशमा भएको कार्यक्रममा सहभागी अधिकांश नेताले पार्टी नेतृत्व परिवर्तन गरी पार्टी पुनर्गठन हुनुपर्ने पक्षमा मत जाहेर गरेका छन् ।
पार्टी सचिवालयमा पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अब पार्टी अघि बढ्न नसक्ने भन्दै नेतृत्व परिवर्तनको पक्षमा दुई तिहाई बढी बहुमत पदाधिकारीले धारणा राखेका थिए ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →