होर्मुज स्ट्रेट युद्धअघिको अवस्थामा फर्किँदैन, शुल्क असुल्छौं : इरानी सभामुख
४ असार, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकासँग भएको सम्झौताविपरीत होर्मुज स्ट्रेटबाट शुल्क असुल गरिने बताएका छन् । सभामुख गालिबाफले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा होर्मुज स्ट्रेट युद्धभन्दा अगाडिको स्थितिमा फिर्ता नहुने बताएका हुन् । ‘होर्मुज स्ट्रेट युद्धअघिको अवस्थामा फर्किँदैन,’ उनले भनेका छन्, ‘इरानलाई यस जलमार्गमाथि सार्वभौम अधिकार छ र त्यसका सेवाहरूका लागि…
४ असार, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकासँग भएको सम्झौताविपरीत होर्मुज स्ट्रेटबाट शुल्क असुल गरिने बताएका छन् ।
सभामुख गालिबाफले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा होर्मुज स्ट्रेट युद्धभन्दा अगाडिको स्थितिमा फिर्ता नहुने बताएका हुन् ।
‘होर्मुज स्ट्रेट युद्धअघिको अवस्थामा फर्किँदैन,’ उनले भनेका छन्, ‘इरानलाई यस जलमार्गमाथि सार्वभौम अधिकार छ र त्यसका सेवाहरूका लागि शुल्क असुलिने छ ।’
तर, अमेरिका र इरानबीच भएको सम्झौतामा इरानले होर्मुज स्ट्रेटबाट आवतजावत हुने जहाजहरूबाट कर असुल नगरिने उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा आयोजित जी–७ शिखर सम्मेलनमा सहभागी हुने क्रममा उक्त सम्झौतामा भर्चुअलरुपमा हस्ताक्षर गरेका थिए ।
१४ बुँदे सम्झौतालाई ‘मेमोरन्डम अफ अन्डरस्ट्यान्डिङ’ (एमओयू) भनिएको छ । एमओयूमा इरानले परमाणु हतियार निर्माण नगर्ने लगायतका शर्त उल्लेख छ ।
इरानी संसद्का सभामुख गालिबाफले अमेरिका र इरानबीचको प्रारम्भिक शान्ति सम्झौताको धरातल कमजोर भएको टिप्पणी समेत गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे पुन: आक्रमण सुरु गर्ने चेतावनी दिएका छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →