हैजाको जोखिममा काठमाडौं !

📌 Diğer 📰 Nepal 🕐 1 saat önce

तत्काल उपचार नगरे बिरामीको केही घण्टामा नै मृत्यु हुन सक्दछ । काठमाडौंमा नै हैजाको बिरामीले मृत्युवरण गरेको लेखकसँग अनुभव छ ।

तत्काल उपचार नगरे बिरामीको केही घण्टामा नै मृत्यु हुन सक्दछ । काठमाडौंमा नै हैजाको बिरामीले मृत्युवरण गरेको लेखकसँग अनुभव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा यो वर्षको मनसुन केहीदिन भित्र भित्रिँदै छ । देशका विभिन्न ठाउँमा वर्षा भने भइरहेकै छ ।

मनसुनमा विशेषत पानीजन्य संक्रामक रोगहरू बढी देखिने गर्छन् । संक्रामक रोगहरू मध्ये झाडापखाला र ज्वरोका लक्षण भएका बिरामीहरू बढी देखिन्छन् यो समयमा ।

नेपालमा झाडापखालाका कारक मानिने संक्रामक रोगहरू धेरै देखिन्छ । यी मध्ये पनि हैजालाई तुलनात्मक रूपमा गम्भीर रोगको रुपमा लिने गरिन्छ । हैजा देखा परेपछि समयमै उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु नै हुनसक्ने भएकाले पनि यो रोगप्रति गम्भीर हुनुपर्ने आवश्यकता देखिन्छ।

विश्व स्वस्थ संगठनका अनुसार सन् २०१० मा हाईटीमा फैलिएको हैजाको कारणले कम्तीमा ९ हजारले ज्यान गुमाउनु परेको थियो । कम्तीमा ८ लाख जति बिरामी भएका थिए ।

यसबाट पनि हैजालाई बेवास्ता गरे प्रकोपको रुप लिन सक्ने सामर्थ्य यसमा कति छ भन्ने देखाउदछ । काठमाडौंको अव्यवस्थित बसोबास, उच्च जनघनत्व, वर्षेनी पिउने पानीमा देखिने कोलिफोर्म ब्याक्टेरिया (अर्थात् दिसा मिश्रित पिउने पानी), वर्षेनीजसो काठमाडौंमा देखिने हैजाको जीवाणुका कारणले हैजाको जोखिम धेरै नै छ भन्ने देखाउँछ । यो पनि पढ्नुहोस हैजा समाप्त भएको छैन, लापरवाही भयो भने फेरि फैलिन सक्छ

नेपालमा हैजा शताब्दीऔं अघिदेखि देखिँदै आएको इतिहासमा भेटिन्छ । नेपालमा हैजा प्रकोपको बारेमा सन् १८८५ एक ब्रिटिश चिकित्सकले ‘द ब्रिटिश मेडिकल जर्नल’ मा लेख प्रकशित गरेको पाहिन्छ ।

उक्त लेखअनुसार सो समयमा करिब ५० हजार जनसंख्यामा हैजा फैलिएको थियो भने अनुमानित १० हजारले ज्यान गुमाएका थिए । वि. सं. १९९० मा हालको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ‘कलेरा अस्पताल’ को नामले स्थापना गरिएको थियो ।

लेखकले दुइ दशक अगाडि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा सेवा सुरु गर्दा हैजाका बिरामीले अस्पताल भरिभराउ हुने गरेको कुरा यसको इतिहासमा उल्लेख छ ।

सन् २०१० मा हाइटीमा फैलिएको हैजाको स्रोत नेपाल नै भनिएको थियो । तर लेखकले पनि सो गलत कुराको खण्डन गर्दै लेख जर्नलमा प्रकाशित गरेको थियो । पछिल्लो समय हैजाको ठूलो प्रकोप नेपालमा देखिएको त छैन तर देखिन नै छोडेको पनि छैन । अर्थात् आजको मितिसम्म पनि हामीले प्रयोग गर्ने पिउने पानी वा खानेकुरा पूर्णरुपमा दिसा मुक्त छैन भन्ने बुझिन्छ। यो पनि पढ्नुहोस २०० वर्षअघि पत्ता लागेको थियो संक्रामक रोग हैजा, के छ उपचार ?

हैजा ‘भिब्रियो कोलेरे’ नामक ब्याक्टेरियाले गर्दा हुने गर्दछ । यो ब्याक्टेरिया खानेकुरा तथा अझै विशेषत गरी संक्रमित पानी पिउँदा सर्ने गर्छ । संक्रमण भएको १२ घण्टा देखि ५ दिन भित्रमा हैजाका लक्षणहरू देखा पर्ने गर्छन् । सुरुमा चौलानी पानी जस्तो पातलो दिसा तारन्तार लाग्नु, वाकवाक वा बान्ता हुनु, पेट वा खुट्टाको मांसपेशी बाउँडिनु, बेचैनी जस्ता लक्षणहरू देखिने गर्दछ ।

समयमा उपचार नगरे निर्जलीकरणको संकेतहरू जस्तै मुटुको चाल तीब्र हुनु,

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön