‘रोल नं १’ ले टिकट शुल्कमा ५० प्रतिशत छुट दिने
काठमाडौं । ‘रोल नं १’ दर्शकले आधा शुल्कमै फिल्म हेर्न पाउने भएका छन् । निर्माताले टिकट शुल्कमा ५० प्रतिशत छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब यो फिल्मको टिकटट मूल्यमा दर्शकले आधा छुट पाउनेछन् । विद्यार्थी र अभिभावकले टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५०…
काठमाडौं । ‘रोल नं १’ दर्शकले आधा शुल्कमै फिल्म हेर्न पाउने भएका छन् । निर्माताले टिकट शुल्कमा ५० प्रतिशत छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै अब यो फिल्मको टिकटट मूल्यमा दर्शकले आधा छुट पाउनेछन् । विद्यार्थी र अभिभावकले टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताए ।
‘स्कुल, अभिभावक र विद्यार्थीको विशेष अनुरोधलाइ अब सेभेन सिज सिनेमाले चलचित्र रोल नं. १ को टिकटमा ५० प्रतिशत छुट प्रदान गरेको छ,’ निर्माता पौडेलले भने, ‘नेपालभरका सहभागी सिनेमाघरमा ५० प्रतिशत छुट लागु भइसकेको छ ।’
शिक्षा प्रणाली, विद्यार्थीको मानसिक दबाब, अभिभावकको संघर्ष र जीवनका यथार्थ कथा चलचित्र ‘रोल नं. १’ले उठाएको निर्माता पौडेलले बताएका छन् । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् ।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । पटकथा महेश दवाडीले लेखेका हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको यो फिल्मम प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →