रुस-आसियान शिखर सम्मेलनमा पुटिन र आसियानका नेताहरूबीच छलफल हुँदै

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

रुसको काजान सहरमा रुस–आसियान शिखर सम्मेलनको मुख्य बैठक सुरु भएको छ । समाचार एजेन्सी तासका अनुसार, यो सम्मेलन रुस र आसियान बिचको सम्बन्धको ३५औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान ‘काजान एक्सपोज इन्टरनेसनल एक्जिभिसन सेन्टर’ मा विदेशी प्रतिनिधिमण्डलका प्रमुखहरूलाई स्वागत गरेका छन्। बैठक सुरु हुनुअघि नेताहरूले सामूहिक तस्वीर खिचाएका थिए।…

रुसको काजान सहरमा रुस–आसियान शिखर सम्मेलनको मुख्य बैठक सुरु भएको छ । समाचार एजेन्सी तासका अनुसार, यो सम्मेलन रुस र आसियान बिचको सम्बन्धको ३५औँ वर्षगाँठको अवसरमा आयोजना गरिएको हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बिहान ‘काजान एक्सपोज इन्टरनेसनल एक्जिभिसन सेन्टर’ मा विदेशी प्रतिनिधिमण्डलका प्रमुखहरूलाई स्वागत गरेका छन्। बैठक सुरु हुनुअघि नेताहरूले सामूहिक तस्वीर खिचाएका थिए।

यो बैठकको अध्यक्षता रुसी राष्ट्रपति पुटिन र फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड मार्कोस जूनियरले संयुक्त रूपमा गरिरहेका छन्। बैठकमा सहभागी देशका नेताहरूले अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा आफ्नो धारणा राखिरहेका छन्।

उनीहरूले रुस र आसियानबिचको पुरानो साझेदारीको समीक्षा गर्दै राजनीति, सुरक्षा, व्यापार र लगानीका क्षेत्रमा नयाँ लक्ष्यहरू तय गर्नेछन्।

बैठकको अन्त्यमा चारवटा महत्त्वपूर्ण दस्तावेजहरूमा हस्ताक्षर हुनेछ। यसमा मुख्य रूपमा ‘काजान घोषणापत्र’ जारी गरिनेछ। यो घोषणापत्रमा अन्तर्राष्ट्रिय मुद्दाहरूमा रुस र आसियानको समान दृष्टिकोणलाई समेटिनेछ।

यसमा कानुनको पालना र प्रजातान्त्रिक विश्व व्यवस्था निर्माण गर्ने प्रतिबद्धता हुनेछ। यसका साथै सन् २०२६ देखि २०३० सम्मका लागि संयुक्त कार्ययोजना पनि स्वीकृत गरिनेछ। यस योजनाले ऊर्जा, यातायात, कृषि र डिजिटल प्रविधिका क्षेत्रमा आपसी सहकार्यलाई अझ बढाउनेछ।

औपचारिक बैठकपछि नेताहरूका लागि ‘वर्किङ ब्रेकफास्ट’ को आयोजना गरिएको छ। यस सत्रमा युरेसिया क्षेत्रको आर्थिक एकीकरणका विषयमा छलफल हुनेछ।

यस छलफलमा साङ्घाई सहयोग संगठन र युरेसियन इकोनोमिक कमिसनका प्रमुखहरू पनि सहभागी हुनेछन्। यस क्रममा अघिल्लो दिन भएको व्यापारिक मञ्चको प्रतिवेदनमाथि पनि छलफल हुनेछ।

राष्ट्रपति पुटिनले आज विभिन्न देशका प्रधानमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्दैछन् ।

उनले भियतनाम, पूर्वी टिमोर, कम्बोडिया, सिंगापुर र थाइल्यान्डका प्रधानमन्त्रीहरूसँग भेट्ने कार्यक्रम छ।

पुटिनले बुधबार नै फिलिपिन्सका राष्ट्रपति, ब्रुनाईका नेता, मलेसियाका प्रधानमन्त्री र टर्कीका विदेशमन्त्रीसँग कुराकानी गरिसकेका छन्।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön