शनिबार बाँडिदै ‘क्रिटिक्स अवार्ड’, हरिवंशदेखि आनासम्म हुनेछन् पुरस्कृत
काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ । समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएइको छ । समाजले वर्ष २०८१ र २०८२ मा…
काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन)ले आयोजना गर्दै आएको ‘क्रिटिक्स फिल्म अवार्डको मिति तय भएको छ । समाजका अनुसार असार ६ गते (शनिबार) अवार्ड वितरण कार्यक्रम हुनेछ ।
समाजले ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ एकै दिन संयुक्त रूपमा वितरण गरिने बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएइको छ । समाजले वर्ष २०८१ र २०८२ मा प्रदर्शनमा आएका चलचित्रको सूक्ष्म अध्ययन, प्राविधिक विश्लेषण र मूल्यांकनका आधारमा विभिन्न विधामा उत्कृष्ट स्रष्टाको छनोट गरी नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ ।
समाजसँग ‘क्रिटिक्स फिल्म अवार्ड’को मुख्य प्रायोजक महालक्ष्मी चक्की आटा तथा सह-प्रायोजक अन्नपूर्ण स्पाइकर (किङ्ग्स फ्रेन्चाइज टिम अफ नेपाल भलिबल लिग) र ओएसआर डिजिटल रहेका छन् । अवार्डका लागि नेपाल फिल्म क्याम्पसको पनि सहकार्य रहेको छ ।
उत्कृष्ट निर्देशकः मीनबहादुर भाम (शाम्बाला) उत्कृष्ट अभिनेता दयाहाङ राई (गाउँ आएको बाटो) उत्कृष्ट अभिनेत्री थिन्ले ल्हामो (शाम्बाला) उत्कृष्ट पटकथा/लेखनः सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार) उत्कृष्ट छायांकनः आलोक शुक्ला (आँखा) उत्कृष्ट सम्पादनः जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज) उत्कृष्ट साउण्ड डिजाइनः किशोर आचार्य (गाउँ आएको बाटो) स्पेसल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर) स्पेसल मेन्सन (कला निर्देशन): रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)
उत्कृष्ट फिल्मः ऊनको स्वीटर उत्कृष्ट निर्देशकः नवीन चौहान ( ऊनको स्वीटर) उत्कृष्ट अभिनेताः हरिवंश आचार्य (भूठान) उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती) उत्कृष्ट पटकथाः नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर) उत्कृष्ट छायाङ्कनः सुशन प्रजापति (भूठान) उत्कृष्ट सम्पादनः अञ्जय खड्का (भूठान) उत्कृष्ट पाश्र्व संगीतः कोविद बज्र (ऊनको स्वीटर)
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →