शंकर श्रेष्ठ रास्वपाको सहमहामन्त्रीको आकांक्षी
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का संगठन विभागका सचिव शंकर श्रेष्ठ सहमहामन्त्रीको आकांक्षी देखिएका छन् । श्रेष्ठले आफू सहमहामन्त्रीको आकांक्षी रहेको अनलाइनखबरसँग बताए । पार्टी विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरुको मात्रै निर्वाचन हुन्छ । दोस्रो चरणमा अन्य पदाधिकारीहरुको लागि निर्वाचन हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ जना…
४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का संगठन विभागका सचिव शंकर श्रेष्ठ सहमहामन्त्रीको आकांक्षी देखिएका छन् ।
श्रेष्ठले आफू सहमहामन्त्रीको आकांक्षी रहेको अनलाइनखबरसँग बताए ।
पार्टी विधान अनुसार पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरुको मात्रै निर्वाचन हुन्छ । दोस्रो चरणमा अन्य पदाधिकारीहरुको लागि निर्वाचन हुने व्यवस्था छ । पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ ।
श्रेष्ठले अनलाइनखबरसँग भने, ‘पहिले केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्यो । पदाधिकारीमा मेरो इच्छा सहमहामन्त्री पदमा हो ।’
रास्वपामा सहमहामन्त्री चार जना हुने विधानको व्यवस्था गरिएको छ ।
चार सहमहामन्त्रीमा एक जना महिला अनिवार्य छ । हाल सहमहामन्त्री पदमा विपिन आचार्य मात्रै छन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →