लिङ्देनलाई दिलविकासले भने- पार्टी कार्यालय रहेको मेरो घर खाली गरिहाल्नुस्
४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विशालनगरस्थित घर खाली गर्न घरधनी दिलविकास राजभण्डारीले भनेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय समितिलाई खुला पत्र राजभण्डारीले घर खालि गर्न भनेका छन् । राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाको पक्षमा देखिएका राजभण्डारीले राप्रपा अध्यक्ष लिङ्देनको आर्थिक हैसियतमा समेत प्रश्न उठाएका छन् । ‘यति छिट्टै…
४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विशालनगरस्थित घर खाली गर्न घरधनी दिलविकास राजभण्डारीले भनेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय समितिलाई खुला पत्र राजभण्डारीले घर खालि गर्न भनेका छन् ।
राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाको पक्षमा देखिएका राजभण्डारीले राप्रपा अध्यक्ष लिङ्देनको आर्थिक हैसियतमा समेत प्रश्न उठाएका छन् ।
‘यति छिट्टै राजधानीमा आलिशान भवन कसरी खडा भयो ? इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुटाउनु भयो ?,’ उनले प्रश्न गरेका छन् ।
२०७९ सालको निर्वाचनमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई ४५ लाख रुपैयाँ दिएकोमा १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको राजभण्डारीले खुलापत्रमा लेखेका छन् ।
‘बाँकी रहेको ३५ लाख रुपैयाँ आलटाल नगरी तुरुन्त फिर्ता दिनुहोस् । तपाईले राप्रपा डुबाउनुभयो । मेरो अन्तरआत्माको पुकार अनुसार तुरुन्त मेरो घर खालि गरिहाल्नुहोस् ।’
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →