प्रधानमन्त्रीले आईटी र एआईसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेकोमा महावीरको गुनासो
४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गूुाासो गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । ‘प्रधानमन्त्रीले आईटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा…
४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गूुाासो गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो गुनासो गरेका हुन् ।
‘प्रधानमन्त्रीले आईटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो । अहिले त्यहाँबाट तानेर आफू मातहतमा राख्नुभएको छ । र उहाँले यो मात्रै गर्ने होइन । हामी सबैले मिलेर गर्नुपर्ने हो,’ मन्त्री पुनले भने ।
तथापि, सरकारको मुख्य उद्देश्य नै एआई, आईटीलाई कसरी बढी भन्दा बढी प्रयोग गरेर अगाडि बढाउने भन्ने रहेको उनले बताए ।
प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय हो । यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्षका लागि कूल बजेटको एक प्रशिशत रकम विनियोजन गरेको छ । यसको रकम चार अर्ब रहेको प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले जानकारी दिए ।
यो मन्त्रालय २०५३ सालमा पनि बनेको उनले बनाए । त्यसयता कहिले कुन मन्त्रालय, कहिले कुन मन्त्रालयमा जोडिँदै आएको र अहिले छुट्टै रुपमा बनेको बताए ।
विगतमा मन्त्रालय बने पनि यसको सही व्यवस्थापन हुन नसकेको बताए । राजनीतिक भागबन्डामा मिलाउन यो मन्त्रालय दिने र कर्मचारी त्यस्तै दिने प्रवृत्ति विगतमा रहेको स्मरण गरे ।
अहिले छुट्टै मन्त्रालय बनेकाले नयाँ ढंगले काम गर्नुपर्ने दायित्व रहेको बताए ।
नवप्रवर्तनको सन्दर्भमा सरकारले काम गर्ने र यसमा आफ्नो मुख्य भूमिका हुने उनले विश्वास दिलाए ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →