‘आइएम जितबहादुर’ को काठमाडौं प्रिमियर, प्रतिक्रिया कस्तो छ ?
काठमाडौं । जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आईएम जितबहादुर’ लाई प्रिमियर गरिएको छ । यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित आइएनआईको हलमा प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा फिल्म र संगीत क्षेत्रका चर्चित व्यक्ति सहभागी थिए । कार्यक्रममा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, तुलसी घिमिरे, केकी अधिकारी,स्वस्तिमा खड्का, प्रदीप…
काठमाडौं । जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आईएम जितबहादुर’ लाई प्रिमियर गरिएको छ । यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।
नयाँ बानेश्वरको एनबी सेन्टरस्थित आइएनआईको हलमा प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा फिल्म र संगीत क्षेत्रका चर्चित व्यक्ति सहभागी थिए ।
कार्यक्रममा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, तुलसी घिमिरे, केकी अधिकारी,स्वस्तिमा खड्का, प्रदीप भट्टराई, दीपाश्री निरौला, राजाराम पौडेल, मनोज गजुरेल, नारद खतिवडा, नरेश पौड्याल, महेश त्रिपाठी, नवीन श्रेष्ठ, कपिल रिजाल, सीतादेवी तिमल्सिना, सुमन गिरी, हेमन्त शर्मा, शिव परियार, रामप्रसाद खनाल, संजोग कोइराला, आयुष्मान जोशी, प्रभात लामा, भारती घिमिरे लगायत सहभागी थिए ।
प्रिमियरपछि फिल्मकर्मीले कथा, प्रस्तुति र जितुको अभिनय पक्षको प्रशंसा गरेका थिए । फिल्ममा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारको अभिनय छ ।
फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ । गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →