बीसीए विद्यार्थी विशेष राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ आयोजना हुने
४ असार, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को केएमसी टेकभर्स क्लबले राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ आयोजना गर्ने भएको छ । जुन नेपालकै पहिलो राष्ट्रियस्तरको बीसीए विद्यार्थीका लागि मात्र समर्पित ह्याकाथन रहेको कलेजको दाबी छ । ४८ घण्टे यो कार्यक्रम असार ५ देखि ७ गते सम्म काठमाडौं मोडल कलेज, बागबजारमा सञ्चालन हुनेछ। यस ह्याकाथनमा…
४ असार, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को केएमसी टेकभर्स क्लबले राष्ट्रिय ह्याकाथन ‘केएमसी ह्याकभर्स’ आयोजना गर्ने भएको छ ।
जुन नेपालकै पहिलो राष्ट्रियस्तरको बीसीए विद्यार्थीका लागि मात्र समर्पित ह्याकाथन रहेको कलेजको दाबी छ । ४८ घण्टे यो कार्यक्रम असार ५ देखि ७ गते सम्म काठमाडौं मोडल कलेज, बागबजारमा सञ्चालन हुनेछ।
यस ह्याकाथनमा नेपालभरका विभिन्न कलेजमा बीसीए अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्। ‘देशका विभिन्न जिल्लामा सञ्चालित बीसीए कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिताले यस कार्यक्रमलाई नवप्रवर्तन, सहकार्य तथा प्राविधिक उत्कृष्टताको राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने विश्वास छ’ कलेजले एक विज्ञप्तिमा भनेको छ ।
केएमसीका ईएमआईएस् तथा आईटी प्रमुख प्रिन्स कर्णले ४८ घन्टे प्रतियोगिताको लागि १० जना भन्दा बढी विज्ञलाई मेन्टरको रुपमा खटाइने जानकारी गराए । केएमसी ह्याकभर्समा १ लाखभन्दा बढीको पुरस्कार राखिएको र विभिन्न साझेदार संस्थाहरूबाट ८० हजारभन्दा बढी मूल्यका कुपन तथा भौचर समेत प्रदान गरिने क्लवका सदस्य बिधान थापाले जानकारी दिए ।
यो कार्यक्रम अनरको प्रस्तुतिमा, लिड एक्स नेपालको प्राविधिक सहयोग तथा आइडिया स्टुडियोको नेपालको सहकार्यमा आयोजना हुँदैछ। साथै नेपालभरका १० भन्दा बढी साझेदार संस्थाहरूको सहयोग रहेको छ।
कलेजका आन्तरिक गुणस्तर प्रत्यायन प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले नेपालकै पहिलो बीसीए विशेष राष्ट्रिय ह्याकाथन केएमसी ह्याकभर्सले नवप्रवर्तन, प्राविधिक दक्षता तथा सहकार्यको संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।
कलेज प्रमुख सुरेन्द्र सुवेदीले यस कार्यक्रमले विद्यार्थीहरूलाई उद्योग तथा प्रविधि क्षेत्रका विज्ञहरूसँग सञ्जाल विस्तार गर्ने, आफ्ना सिप, सिर्जनशीलता र समस्या समाधान क्षमताको प्रदर्शन गर्ने तथा राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए ।
यस्तै, केएमसी टेकभर्स क्लबकी क्लब प्रमुख तथा बीसीए सातौं सत्रान्तमा अध्ययनरत छात्रा समिरा श्रेष्ठले ५० भन्दा बढी समूहबाट आवेदन प्राप्त भएको र तीमध्ये प्रत्येक समूहले पेश गरेको परियोजनाको मूल्याङ्कनपछि १५ वटा समूह मात्र अन्तिम चरणका लागि छनोट भएको जानकारी गराइन् ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →