काठमाडौं महानगरले असोजभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिने
४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर सहभागिता बढाउन छुट योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ । कार्यबाहक…
४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर सहभागिता बढाउन छुट योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।
कार्यबाहक मेयर सुनिता डंगोलले बिहीबार सार्वजनिक गरेको बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्ष २०८३/८४ मा करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ,’
बजेटमा भनिएको छ, ‘असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिबाना मिनाहा दिने कार्यक्रम समेत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजारभन्दा कम भएमा ५ प्रतिशत र सो भन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाइ ७ प्रतिशत कायम गरिएको छ । साथै करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शिर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ ।’
कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव पनि गरेको छ । करदातालाई वस्तुगत संघहरुसँग आवद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →