महन्थ ठाकुरको कटाक्ष– उच्च ओहोदाकै व्यक्ति हातखुट्टा भाँच्ने काममा हुनुहुन्छ !

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

४ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित भएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारका मन्त्रीले निर्माण व्यवसायीको हातखुट्टा भाँच्ने धम्की दिएको उल्लेख गर्दै हातखुट्टा नभाँचेपनि…

४ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित भएको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारका मन्त्रीले निर्माण व्यवसायीको हातखुट्टा भाँच्ने धम्की दिएको उल्लेख गर्दै हातखुट्टा नभाँचेपनि औद्योगिक क्षेत्र ठिक ढंगले हिँड्न नसकेको व्यंगात्मक टिप्पणी गरे ।

ठाकुरले उद्योगी–व्यवसायीहरू लगातार पलायन भइरहेको उल्ललेख गर्दै नाफा आर्जन गर्न नसक्ने अवस्था भए उद्योग सञ्चालन गर्नुको औचित्य नहुने तर्क पनि गरे ।

उनले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अभिव्यक्तितर्फ इंगित गर्दै हातखुट्टा भाँच्ने काममा व्यस्त रहेको कटाक्ष पनि गरे ।

‘सरकारको उच्च ओहोदामा बसेका व्यक्तिहरूले हातखुट्टा भाँच्ने काममा हुनुहुन्छ । तपाईंहरूको अनुहार हेर्दा तपाईंहरू सबै जना नौजवान हुनुहुन्छ, अलिकति जोश त आइहाल्छ । हातखुट्टा नभाँचेपनि हामी त सही ढंगले हिंड्न सकिरहेका छैनौं । उद्योगी व्यवासायीहरू सबै पलायन भइराख्नुभएको छ नि । यदि नाफा नै कमाउँदैन भने किन उद्योग चलाएर बस्छ ?,’ उनले प्रश्न गरे ।

लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरू कोही जेल जाने अवस्थामा पुगेको र कोही गम्भीर रोगबाट पीडित रहेको उल्लेख गर्दै वर्तमान अवस्था लोकतान्त्रिक आन्दोलनको लक्ष्यअनुरूप नभएको टिप्पणी समेत गरे ।

‘मुलुकमा लोकतन्त्र ल्याउनका लागि पुराना नेताहरूको ठुलो योगदान छ । तर कोही जेल जाने अवस्था आयो, कोहीलाई ठुलो रोगले सताएको छ । तर यो व्यवस्था उहाँहरूले यही देख्नका लागि ल्याएका हुन् त ? त्यसकारण हामीले यो विषयमा ध्यान दिनैपर्छ,’ उनले भने ।

ठाकुरले निजी क्षेत्रको मनोबल खस्किँदै भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसके मुलुक थप आर्थिक विचलनमा जानसक्ने टिप्पणी पनि गरे ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön