नेपाली चियाले भोगिरहेको खास चुनौती

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

हामी प्रायः उत्पादन बढाउने, नयाँ बजार खोज्ने र निर्यात बढाउने विषयमा चर्चा गर्छौं। तर एउटा अत्यन्त महत्त्वपूर्ण प्रश्नमाथि पर्याप्त बहस भएको देखिँदैन- नेपालमै उत्पादन भएको चिया नेपालभित्र किन पर्याप्त रूपमा खपत हुन सकेको छैन ?

हामी प्रायः उत्पादन बढाउने, नयाँ बजार खोज्ने र निर्यात बढाउने विषयमा चर्चा गर्छौं। तर एउटा अत्यन्त महत्त्वपूर्ण प्रश्नमाथि पर्याप्त बहस भएको देखिँदैन- नेपालमै उत्पादन भएको चिया नेपालभित्र किन पर्याप्त रूपमा खपत हुन सकेको छैन ?

नेपाल विश्वका उत्कृष्ट अर्थोडक्स चिया उत्पादन गर्ने मुलुकमध्ये एक हो। हिमाली हावापानी, उच्च उचाइ, जैविक सम्भावना र मिहिनेती किसानका कारण नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाउँदै आएको छ।

विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चियाले विश्वका विभिन्न देशका उपभोक्ताको मन जितिरहेको छ। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपाली चिया क्षेत्र आज विभिन्न संकट र चुनौतीको सामना गरिरहेको छ।

हामी प्रायः उत्पादन बढाउने, नयाँ बजार खोज्ने र निर्यात बढाउने विषयमा चर्चा गर्छौं। तर एउटा अत्यन्त महत्वपूर्ण प्रश्नमाथि पर्याप्त बहस भएको देखिँदैन- नेपालमै उत्पादन भएको चिया नेपालभित्र किन पर्याप्त रूपमा खपत हुन सकेको छैन ?

नेपालमा वार्षिक रूपमा करिब ७० लाख किलोग्राम अर्थोडक्स चिया निर्यात हुन्छ। सामान्य रूपमा हेर्दा यो संख्या ठूलो लाग्न सक्छ। तर यदि यसको उपभोग क्षमतालाई विश्लेषण गर्ने हो भने एउटा रोचक तथ्य अगाडि आउँछ। १ किलोग्राम अर्थोडक्स चियाबाट औसतमा ४०० कप चिया बनाउन सकिन्छ। त्यस आधारमा नेपालको वार्षिक उत्पादनबाट करिब २ अर्ब ८० करोड कप चिया तयार गर्न सकिन्छ।

अब अर्को हिसाब गरौं। यदि १ करोड मानिसले दिनमा केवल १ कप नेपाली अर्थोडक्स चिया पिउने बानी बसाले भने, नेपालको वार्षिक उत्पादन भएको सम्पूर्ण चिया लगभग २८० दिनभित्र देशभित्रै खपत हुन सक्छ।

यो तथ्यले स्पष्ट संकेत गर्छ, नेपाली चिया क्षेत्रको समस्या केवल उत्पादन वा निर्यातको मात्र होइन, आन्तरिक बजार विकास र उपभोग संस्कृतिको पनि हो।

विगत केही दशकदेखि नेपाली अर्थोडक्स चिया उद्योग मुख्यतः निर्यात केन्द्रित रहँदै आएको छ। विशेषगरी भारतीय बजार नेपाली चियाको प्रमुख गन्तव्य बनेको छ। यसले उद्योगलाई बजार उपलब्ध गराएको छ, तर अत्यधिक निर्भरताले ठूलो जोखिम पनि सिर्जना गरेको छ।

जब भारतीय पक्षले नयाँ परीक्षण, प्रमाणीकरण वा व्यापारिक प्रक्रिया लागु गर्छ, त्यसको प्रत्यक्ष असर नेपाली उद्योग, किसान र श्रमिकमाथि पर्छ। हाल देखिएको निर्यात अवरोधले यही यथार्थ उजागर गरेको छ। उद्योगमा तयार चिया थन्किएको छ, नगद प्रवाह प्रभावित भएको छ, किसानको हरियो पत्तीको भुक्तानीमा असर परेको छ र हजारौं श्रमिकको रोजगारी असुरक्षित बन्न पुगेको छ।

यदि नेपालको घरेलु बजार बलियो भएको भए यस्ता बाह्य झट्काको प्रभाव धेरै कम हुन सक्थ्यो। कुनै पनि उद्योग दीर्घकालीन रूपमा सफल हुन निर्यात र आन्तरिक बजारबीच सन्तुलन आवश्यक हुन्छ।

यो प्रश्नको उत्तर केवल उपभोक्ताको रोजाइमा सीमित छैन। यसको पछाडि नीति, बजार, प्रचारप्रसार र उपभोग संस्कृतिसँग सम्बन्धित अनेक पक्ष छन्।

नेपालमा अधिकांश मानिस दैनिक चिया पिउँछन्। तर तीमध्ये धेरैले कुन चिया पिइरहेका छन् भन्ने विषयमा खासै चासो राख्दैनन्। गुणस्तरीय अ

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön