दोस्रो सगरमाथा संवाद–२०२७ मेमा, प्रारम्भिक काम सुरु : परराष्ट्रमन्त्री खनाल
४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो संगरमाथा संवाद २०२७ मेमा हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिए । ‘सगरमाथा संवादका लागि बजेट प्रस्तावित छ । यसको प्रारम्भिक काम सुरु भइसकेको छ,’ मन्त्री खनालले बैठकमा भने ।…
४ असार, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले दोस्रो संगरमाथा संवाद २०२७ मेमा हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाउका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खनालले सगरमाथा संवादको प्रारम्भिक तयारी सुरु भएको जानकारी दिए ।
‘सगरमाथा संवादका लागि बजेट प्रस्तावित छ । यसको प्रारम्भिक काम सुरु भइसकेको छ,’ मन्त्री खनालले बैठकमा भने ।
पहिलो सगरमाथा संवाद २०२५ मेमा सम्पन्न भएको थियो । सगरमाथा संवाद सामान्यतया हरेक दुई वर्षमा हुन्छ ।
सगरमाथा संवाद २०२५ हिमाल बचाउने प्रतिबद्धता, हरित प्रविधिको प्रवर्द्धन, विकासशील राष्ट्रहरूलाई सहुलियत, वित्तीय सहयोग तथा जलवायु न्यायका पक्षमा ठोस मागहरू लगायत २५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →