गर्मी छल्ने उत्कृष्ट गन्तव्य हुनसक्छन्, नेपालका यी ११ हिल स्टेशन

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

बाहिर निस्कँदा घाम पोल्ने, दिउँसोको तापक्रम सहन गाह्रो हुने र पंखा तथा एसीले पनि राहत नदिने अवस्था धेरै ठाउँमा देखिन थालेको छ । गर्मी बढिरहेकै बेला शीतल हावा, हरियाली र हिमालको दृश्यको खोजीमा धेरैको ध्यान पहाडी गन्तव्यतर्फ मोडिन्छ । यदि तपाईं पनि केही दिन गर्मीबाट टाढा बस्ने योजना बनाइरहनुभएको छ भने नेपालका यी हिल स्टेशनहरू…

बाहिर निस्कँदा घाम पोल्ने, दिउँसोको तापक्रम सहन गाह्रो हुने र पंखा तथा एसीले पनि राहत नदिने अवस्था धेरै ठाउँमा देखिन थालेको छ । गर्मी बढिरहेकै बेला शीतल हावा, हरियाली र हिमालको दृश्यको खोजीमा धेरैको ध्यान पहाडी गन्तव्यतर्फ मोडिन्छ । यदि तपाईं पनि केही दिन गर्मीबाट टाढा बस्ने योजना बनाइरहनुभएको छ भने नेपालका यी हिल स्टेशनहरू उपयुक्त विकल्प हुन सक्छन् ।

गर्मीबाट केही राहत खोज्दै जान सकिने उत्कृष्ट गन्तव्य नागरकोट हुनसक्छ । काठमाडौंबाट करिब ३२ किलोमिटर पूर्वमा पर्ने यस स्थान चिसो मौसम, हिमालयको मनोरम दृश्य, विशेषगरी सगरमाथासहितका हिमशृंखला र आकर्षक सूर्योदयका लागि चर्चित छ ।

तापक्रम बढिरहेका बेला धुलिखेलको शीतल वातावरणले छुट्टै आनन्द दिन्छ । काठमाडौंबाट करिब ३० किलोमिटर पूर्वमा रहेको धुलिखेल समुद्री सतहबाट झण्डै १,५५० मिटर उचाइमा अवस्थित छ । यहाँबाट देखिने हिमाली दृश्य र नेवारी संस्कृतिले पर्यटकलाई आकर्षित गर्छ ।

मुड फ्रेस बनाउने अर्को गन्तव्य हो, दामन । काठमाडौंबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको दामनबाट एभरेष्टदेखि धौलागिरीसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ ।

गर्मी मौसममा शान्त वातावरण खोज्नेहरू बन्दिपुर पुग्न सक्छन् । तनहुँ जिल्लामा रहेको बन्दिपुर काठमाडौंबाट करिब १४० किलोमिटर पश्चिममा पर्ने दामनको हरियाली वातावरण सँगै पुरानो नेवारी वास्तुकला र हिमाली दृश्य यहाँका मुख्य आकर्षण हुन् ।

पोखराको गर्मीभन्दा माथि उठेर शीतल हावा महसुस गर्न चाहनुहुन्छ भने साराङकोट उपयुक्त छ । पोखरा बजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको साराङकोटबाट अन्नपूर्णा हिमशृंखला र फेवातालको दृश्यको मजा लिन सकिन्छ ।

गर्मीको मौसममा पाल्पाको तानसेनले सुखद अनुभूति दिन्छ । पाल्पाको सदरमुकाम तानसेन समुद्री सतहबाट करिब १,३७० मिटर उचाइमा अवस्थित छ र बुटवलबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ । यहाँ इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको संयोजन भेटिन्छ ।

पूर्वी नेपालको इलामस्थित कन्याम केवल स्थानीय बासिन्दाको मात्र होइन, गर्मीले पोलिएको झापा, मोरङ र सुनसरीका बासिन्दालाई समेत शीतलता दिने लोकप्रिय गन्तव्य हो । चिया बगानले ढाकिएका हरिया डाँडाकाँडा, चिसो हावा र कुहिरोले भरिएको वातावरणले यहाँ पुग्ने जोकोहीलाई ताजगीको अनुभूति गराउँछ । गर्मी मौसममा हजारौं आन्तरिक पर्यटक कन्याम पुग्ने गर्छन् । काठमाडौंबाट करिब ७०० किलोमिटर पूर्वमा रहेको इलाम बजार समुद्री सतहबाट करिब १,२०० मिटर उचाइमा अवस्थित छ ।

धेरै टाढा नगइकन शीतल वातावरणको आनन्द लिन चाहनुहुन्छ भने चित्लाङ राम्रो विकल्प हुन सक्छ । काठमाडौंबाट करिब २७ किलोमिटर दक्षिणपश्चिममा रहेको चित्लाङमा ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यले यहाँको यात्रा विशेष बनाउँछ ।

केबलकार चढ्दै हिमाल र उपत्यकाको दृश्य अवलोकन गर्न चाहनुहुन्छ भने चन्द्रागिरि उपयुक्त गन्तव्य हो । काठमाडौंको दक्षिणपश्चिममा रहेको चन्द्रागिरि समुद्री सतहबाट २,५५१ मिटर उचाइमा अवस्थित छ । यहाँबाट हिमालय र काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ हरेक समय मौसम चिसो भइरहन्छ ।

गर्मीको

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön