हेडक्वार्टरमा लागेको आगलागीबारे सशस्त्र : घटना होइन, दुर्घटना रहेछ

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

१० असार, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ । बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए । ‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ…

१० असार, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ ।

बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको बताए ।

‘जहाँसम्म तपाईंहरुले आगलागीको कुरा उठाउनुभयो त्यो घटना नभएर दुर्घटना रहेछ । विपद् अन्य व्यक्तिजस्तै हामीलाई पनि पोलेको छ,’ आगलागीबारे अनलाइनखबरले सोधेको प्रश्नमा डीआईजी कार्कीले जवाफ दिए ।

अहिलेसम्मको छानबिन दुर्घटनावश भएको उनको भनाइ थियो । यसको फाइनल प्रतिवेदन आएपछि थप विषयहरू खुल्ने कार्कीले उल्लेख गरे ।

हलचोकको रंगशाला पछाडितर्फको एमटी शाखाको अन्डरग्राउन्ड पार्किङमा २० जेठको राति ८ बजेतिर अचानक आगोको मुस्लो देखिएको थियो । आगलागीको जानकारी पाउनासाथ हेडक्वार्टरकै टोली, नजिकैको बंगलामुखी गण र सशस्त्रको बालाजुस्थित भन्सार कार्यालयबाट आएको दमकलले उक्त आगो केहीबरेमै नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चढ्ने प्राडो गाडीसहित एटीभी (अल टेरेन भेइकल) क्वाड बाइक ६ वटा, स्कर्टिङ मोटरसाइकल, नर्मल मोटरसाइकल २ वटा जलेर नष्ट भएका थिए । मरुभूमिमा प्रयोग हुने एटीभी क्वाड बाइक सशस्त्रले मनाङ, मुस्ताङका लागि पठाउने गरेको थियो । उक्त एटीभी क्वाड बाइक अमेरिकी दूतावासले सशस्त्रलाई उपहार स्वरुप दिएको थियो ।

सशस्त्रले राखेका यी एटीभी बाइक इभी (विद्युतीय भेइकल) हुन् । यही एटीभी बाइकमा सर्ट भएर आगलागी भएको बताइएको छ ।

घटनाको छानबिन गर्न सशस्त्र हेडक्वार्टरले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको थियो ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön