कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता, बैंकका ग्राहकले छुट पाउने

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

११ असार, काठमाडौं । कुमारी बैंक र काठमाडौं टंगालस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच छुट सम्बन्धी विशेष सम्झौता भएको छ । बैंकका ग्राहकलाई ल्याबबाट प्रदान गरिने विभिन्न परीक्षण सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार ल्याबबाट प्रदान गरिने सेवामा ग्राहकलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ । विगत…

११ असार, काठमाडौं । कुमारी बैंक लिमिटेड र नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेडबीच स्वास्थ्य परीक्षण सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

बैंक र नेशनल प्याथ ल्याबबीच बुधबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार कुमारी बैंकका कर्मचारी बैंकका खातावाहक, डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता र मोबाइल बैंकिङ प्रयोगकर्ताले नेशनल प्याथ ल्याबका विभिन्न परीक्षण सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार बैंकका कर्मचारीले नियमित प्याथोलोजी परीक्षणमा २० प्रतिशत र उच्चस्तरीय विशेष परीक्षणमा १० प्रतिशत छुट पाउनेछन्। यस्तै, बैंकका ग्राहकहरूले नियमित परीक्षणमा १० प्रतिशत तथा विशेष परीक्षणमा ५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

नेशनल प्याथ ल्याबले बैंकका कर्मचारी तथा ग्राहकहरूलाई घरमै नमुना संकलन सेवा समेत उपलब्ध गराउने जनाएको छ । परीक्षण शुल्क र दूरीका आधारमा केही सेवामा होम कलेक्सन निःशुल्क हुनेछ ।

सम्झौता २४ जुन २०२६ देखि लागू भई प्रारम्भिक रूपमा २४ महिनासम्म कायम रहनेछ । दुवै संस्थाले यस सहकार्यलाई विभिन्न प्रचारमाध्यममार्फत सार्वजनिक गर्ने तथा सेवाग्राहीलाई उपलब्ध सुविधाबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön