नासाको ‘लुसी’ मिसनले फेला पार्यो डगमगाउँदै हिँड्ने बदाम आकारको छुद्रग्रह

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

नासाको 'लुसी' स्पेसक्राफ्टले ब्रम्हाण्डको इतिहास खोतल्ने क्रममा एउटा अनौठो र डगमगाउँदै हिँड्ने बदाम आकारको छुद्रग्रह फेला पारेको छ।

नासाको ‘लुसी’ स्पेसक्राफ्टले ब्रम्हाण्डको इतिहास खोतल्ने क्रममा एउटा अनौठो र डगमगाउँदै हिँड्ने बदाम आकारको छुद्रग्रह फेला पारेको छ।

११ असार, वासिङ्टन। नासाको ‘लुसी’ स्पेसक्राफ्टले ब्रम्हाण्डको इतिहास खोतल्ने क्रममा एउटा अनौठो र डगमगाउँदै हिँड्ने बदाम आकारको छुद्रग्रह फेला पारेको छ। ‘डोनाल्डजोहान्सन’ नाम दिइएको यो छुद्रग्रह प्राचीन पानी, आकाशीय टकराव र सौर्यमण्डलको उत्पत्तिबारे लुकेका रहस्यहरू उजागर गर्न महत्त्वपूर्ण कडी सावित भएको छ।

वैज्ञानिकहरूका अनुसार करिब १५ करोड ५० लाख वर्षअघि अन्तरिक्षमा भएको एक भयानक टकरावका टुक्राहरू बिस्तारै गुरुत्वाकर्षणका कारण आपसमा जोडिएर यो छुद्रग्रह बनेको थियो। लुसी स्पेसक्राफ्टले सन् २०२५ अप्रिल २० मा यस छुद्रग्रहको ६५० माइल नजिकैबाट यात्रा गर्दा खिचेका तस्बिर र वैज्ञानिक मापनहरू गत जुन १८ को ‘साइन्स’ जर्नलमा प्रकाशित गरिएका छन्।

पृथ्वीबाट हेर्दा यो सामान्य रूपमा घुमिरहेको जस्तो देखिए पनि लुसीको तथ्याङ्कले यो ‘स्पिनिंग टप’ जस्तै अनौठो तरिकाले घुमिरहेको देखाएको छ। यसले हरेक १०.५ दिनमा एक फन्को मार्छ भने यसको लामो अक्षमा हरेक २६.५ दिनमा अघि-पछि गर्दै हल्लिने गर्दछ।

दुईवटा ठूला हिस्साहरू (लोब्स) एउटा साँघुरो गर्धन जस्तो भागले जोडिएर बनेको यो बदाम आकारको स्वरूप सूर्यको प्रकाशको सुक्ष्म बलका कारण समयक्रमसँगै परिमार्जित भएको हो। सूर्यको प्रकाशले छुद्रग्रहलाई तताउँदा त्यसको सतहबाट इन्फ्रारेड विकिरण निस्कन्छ, जसले सिर्जना गर्ने हल्का धक्काले लाखौँ वर्षको अन्तरालमा यसको घुम्ने गतिलाई सुस्त बनाइदिएको छ। गति सुस्त हुँदा यसमा रहेका खुकुला चट्टान र भग्नावशेषहरू ओरालोतिर सरेका छन्, जसले गर्दा यसका क्रेटरको किनारा नरम देखिएका छन्।

यस मिसनको सबैभन्दा ठूलो उपलब्धि भनेको डोनाल्डजोहान्सनको सतहमा फलामयुक्त माटोका खनिजहरू फेला पर्नु हो। यस्ता खनिजहरू तरल पानीको उपस्थितिमा मात्र बन्न सक्छन्, जसले यहाँ कुनै समय छोटो अवधिको लागि पानी रहेको पुष्टि गर्छ। यो खोज ‘बेन्नु’ र ‘र्युगु’ जस्ता अन्य छुद्रग्रहहरू भन्दा फरक छ, जहाँ म्याग्नेसियमयुक्त माटो भेटिएकाले त्यहाँ लाखौँ वर्षसम्म पानीको उपस्थिति रहेको मानिन्छ। यस भिन्नताले यी छुद्रग्रहहरू सौर्यमण्डलको फरक-फरक समय वा क्षेत्रमा बनेको संकेत गर्दछ।

मानव पुर्खाको प्रख्यात जिवाश्म ‘लुसी’ को नामबाट नामकरण गरिएको यो अन्तरिक्ष मिसन जुपिटरको ‘ट्रोजन छुद्रग्रह’ हरूको अध्ययनका लागि अघि बढिरहेको छ। डोनाल्डजोहान्सनको यो सफल अध्ययन लुसी मिसनका लागि एउटा महत्वपूर्ण अभ्यास खेल जस्तै भएको छ, जसले आगामी दिनमा सौर्यमण्डलका ग्रहहरूको निर्माण र विकासक्रम बुझ्न थप मद्दत पुर्‍याउनेछ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön