परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री
नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दाबी गर्दै उनले आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पारेका हुन् ।
नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दाबी गर्दै उनले आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पारेका हुन् ।
११ असार, काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय स्पष्ट र विश्वस्त रहेको बताएका छन् ।
नतिजा प्रक्रियालाई लिएर भइरहेको आन्दोलनप्रति संकेत गर्दै मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा धारणा राख्न पाउने लोकतान्त्रिक अधिकारको मन्त्रालयले सम्मान गर्ने बताएका छन् ।
आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आएका नकारात्मक र असम्मानजनक टिप्पणीहरूप्रति मन्त्री पोखरेलले गम्भीर ध्यानाकर्षण भएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा रहेका कुनै पनि व्यक्ति वा समूहमाथि सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा असम्मानजनक शब्द प्रयोग नगर्न अनुराेध समेत गरेका छन् ।
सँगसँगै, परीक्षा प्रणालीको विश्वसनीयता कायम राख्न मन्त्रालयले एउटा विशेष समिति गठन गरेको समेत उनले बताएका छन् ।
गठित समितिले परीक्षाको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण (नमूना जाँच) गर्नुका साथै विद्यार्थीहरूको प्राप्तांक र डेटा इन्ट्रीको प्रमाणीकरण गर्ने मन्त्री पोखरेलले बताए ।
बिहीबार विद्यार्थीहरुले परीक्षाकाे उत्तरपुस्तिका परिक्षण प्रक्रियामाथि असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन गरेका थिए ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →