गाउँघरतिर बाबुराम भट्टराई
गाउँघर साँच्चै रित्तिएका छन् । पितापुर्खाले हुक्का तानेर बस्ने सिकुवामा लेउ पलाएको छ । पारिवारिक फोटा–फ्रेम टाँगिने भित्ताहरू उप्किएका छन् । मूलढोकामा ताल्चा लागेको छ । बाली–बगैंचा झार र जंगलले ढाकिसकेको छ । आँगन अब स्मृतिहरूको मृत ल्यान्डस्केप जस्तो भएको छ । गाउँघर सुनसान छ । अधिकांश गाउँमा जवान छोराछोरी छैनन्, छिल्लिदै रमाउने बालबच्चा छैनन्…
गाउँघर साँच्चै रित्तिएका छन् । पितापुर्खाले हुक्का तानेर बस्ने सिकुवामा लेउ पलाएको छ । पारिवारिक फोटा–फ्रेम टाँगिने भित्ताहरू उप्किएका छन् । मूलढोकामा ताल्चा लागेको छ ।
बाली–बगैंचा झार र जंगलले ढाकिसकेको छ । आँगन अब स्मृतिहरूको मृत ल्यान्डस्केप जस्तो भएको छ । गाउँघर सुनसान छ ।
अधिकांश गाउँमा जवान छोराछोरी छैनन्, छिल्लिदै रमाउने बालबच्चा छैनन् । यही विरक्तलाग्दो पृष्टभूमिमा बाबुराम भट्टराई भने गाउँघरतिर टुप्लुक्क–टुप्लुक्क देखापर्छन् ।
कहिले आँगनमा बसेर अल्बर्ट आइस्टाइन पढ्छन्, कहिले दौतरीसँग मिलेर बाटो मर्मतमा पुग्छन्, कहिले ओसिलो साँझमा आफ्नी जीवनसँगीसँग ब्याडमिन्टन खेल्छन् । जे होस्, ग्रामीण जीवनमा मस्त रमाइरहेका देखिन्छन् ।
गाउँ बसाइमा उनले तीतामिठा कुरा संगाले । आफन्तले पाहुना बोलाएर खुवाएको लोकल कुखुरा र ढिंडोको स्वाद जस्तै गाउँका सबैकुरा मीठो रहेनछ । एक महिने बसाइमा उनले यो कुरा पनि बोध गरेका छन् ।
ग्रामीण समाज कसरी रित्तो हुँदैछ ? पाका बुबाआमा र छोराछोरीबीचको दूरी कसरी बढ्दैछ ? विद्यालय शिक्षाको भेद कसरी बढ्दैछ ? सुनेर बाबुराम भट्टराईको ‘मन चसक्क’ भएछ ।
उनले लेखेका छन्, ‘आफूले यही स्थानीय विन्ध्यवासिनी स्कुलको प्रारम्भकालमा चौतारामा चकटीमा बसेर पढेको इतिहास सुनाउँदै सरकारी स्कुलमा पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने तर्क गर्न खोजें । तर, कुरा निकै गहिरो र संवेदनशील रहेछ ।’
पछिल्लो दशक सरकारी विद्यालयमाथि निजी विद्यालय हावी हुँदै गएको कुरा बल्ल उनले बोध गरेछन् । निजी विद्यालय पढाउन नसक्नुको मनोसामाजिक पहिरो कति भयानक रहेछ ? उनले अनुभूत गरेछन् । त्यसैले त उनले लेखेका छन्, ‘निजी र सरकारी स्कुल बीचको बढ्दो दूरीले समाजमा विभेदको खाडल बढाउदै गइरहेको छ । यसले नयाँ द्वन्द्व सिर्जना गर्छ । यसको छिटो अन्त्य गर्न राज्य र समाज दुवैले बेलामै पहल गर्नुपर्छ ।
उसो त बाबुराम भट्टराई गाउँमा शान्तिको सास फेर्न मात्र गएका होइनन् होला । आरमले खुट्टा तन्काएर राजनीतिक उत्तरार्धका दिनहरू कटाउन पनि गएका होइनन् होला । राजनीतिको हार्डवेयर जडित उनी जहाँ –जहाँ पुग्छन्, त्यहाँ सुखदुःखको गफ हुने नै भयो । विकास र विनासको चर्चा हुने नै भयो ।
सधैभरी उनी सन्ध्याकालीन ब्याडमिन्टन खेलमा रमाएर बस्न सक्छन् र ?
तैपनि ब्याडमिन्टन खेलिरहँदा चाहिँ उनी केही नोस्टाल्जिक भएछन् । लेख्छन्, ‘विद्यार्थीकालमा हामी दुवै आ–आफ्ना स्कुल र कलेजमा राम्रै ब्याडमिन्टन खेलाडी थियौं । हिसिला त राष्ट्रिय स्तरकै रहिछन् ।’
गोरखाको पुर्ख्यौलफ घरमा उनीहरूले ब्याडमिन्टन खेले, पर्खाल मर्मत गरे । चौतारीमा बसेर विद्यालय पढ्दाका साथीहरूसँग गफिए ।
गाउँमा बाबुरामको चिटिक्क घर रहेछ, परम्पारगत शैलीको । घर अगाडि फराकिलो आँगन । त्यहाँबाट देखिने रहेछ टा–टाढाका फाँटहरू, खोलानाला, पहाड । सिमसिम पानी परिहरको बखत उनलाई गाउँको यो घरमा बस्दा पक्कै नयाँपनको अनुभूत भयो होला । त्यसैले त उनी फेरि पनि गाउँ गए । आउजाउ गरिरहे ।
‘हामी दुई जना कहिले शहर, कहिले गाउँ किन गरिरहेका छौं ?’ अरूले सोध्नुपर्ने प्रश्न उनी आफैंले सोधेर फ
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →