कालीगण्डकी करिडोरको गुल्मी खण्डमा राति सवारी चलाउन रोक
१५ असार, काठमाडौं । कालीगण्डकी करिडोरको गुल्मी जिल्लाका केही खण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मीचौर (मिर्मी जाने चोक) देखि गुल्मी र बागलुङको सीमा क्षेत्र धुमसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । जिल्ला सुरक्षा समिति गुल्मीको…
१५ असार, काठमाडौं । कालीगण्डकी करिडोरको गुल्मी जिल्लाका केही खण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका वडा नम्बर १ हर्मीचौर (मिर्मी जाने चोक) देखि गुल्मी र बागलुङको सीमा क्षेत्र धुमसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला सुरक्षा समिति गुल्मीको आज बसेको बैठकले यस्तो निर्णय गरेको कार्यालयले जनाएको छ । आजबाट वर्षा अवधिभरका लागि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सो समयबाहेक यात्रा गर्दा समेत उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →