कीटनाशकको प्रयोगले पार्किन्सन रोगको जोखिम दुई गुणाभन्दा बढी बढाएको खुलासा

📌 Diğer 📰 Nepal 🕐 2 saat önce

कृषि कार्यमा सर्वसाधारणले प्रयोग गर्ने एक आम कीटनाशक औषधिको संसर्गमा आउनाले मस्तिष्क स्वास्थ्यमा गम्भीर असर पुग्ने र पार्किन्सन रोगको जोखिम अत्यधिक बढ्ने एक नयाँ अध्ययनले देखाएको छ।

कृषि कार्यमा सर्वसाधारणले प्रयोग गर्ने एक आम कीटनाशक औषधिको संसर्गमा आउनाले मस्तिष्क स्वास्थ्यमा गम्भीर असर पुग्ने र पार्किन्सन रोगको जोखिम अत्यधिक बढ्ने एक नयाँ अध्ययनले देखाएको छ।

१५ असार, काठमाडौं । कृषि कार्यमा सर्वसाधारणले प्रयोग गर्ने एक आम कीटनाशक औषधिको संसर्गमा आउनाले मस्तिष्क स्वास्थ्यमा गम्भीर असर पुग्ने र पार्किन्सन रोगको जोखिम अत्यधिक बढ्ने एक नयाँ अध्ययनले देखाएको छ।

‘युनिभर्सिटी अफ क्यालिफोर्निया- लस एन्जलस’ हेल्थ साइन्सेजका अनुसन्धानकर्ताहरूका अनुसार ‘क्लोरोपाइरिफोस’ नामक कीटनाशकको दीर्घकालीन संसर्गमा आउने मानिसहरूमा पार्किन्सन रोग लाग्ने सम्भावना साढे दुई गुणाभन्दा बढी पाइएको छ।

‘मोलिकुलर न्यूरोडिजेनेरेशन’ जर्नलमा प्रकाशित यस अनुसन्धानले सयौँ मानिसहरूको स्वास्थ्य डेटा र प्रयोगशालामा गरिएका प्रयोगहरूलाई संकलन गरी यो निष्कर्ष निकालेको हो। पार्किन्सन रोग एक यस्तो क्रमिक न्यूरोलोजिकल विकार हो जसले मानिसको हिँडडुल, सन्तुलन र समन्वयलाई नियन्त्रण गर्ने मस्तिष्कको विशेष रसायन ‘डोपामाइन’ उत्पादन गर्ने कोशिकाहरूलाई बिस्तारै नष्ट गरिदिन्छ।

डोपामाइनको मात्रा घट्दै जाँदा मानिसको शरीर काम्ने, मांसपेशीहरू कडा हुने र हिँडडुल गर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन थाल्छन्। यसअघि यस रोगको मुख्य कारण आनुवंशिक मानिए पनि पछिल्लो समय वातावरणीय कारक र कीटनाशकको भूमिकामाथि वैज्ञानिकहरूको ध्यान केन्द्रित भएको छ।

अनुसन्धानका क्रममा वैज्ञानिकहरूले ८२९ जना पार्किन्सन रोग भएका र ८२४ जना सो रोग नभएका व्यक्तिहरूको दीर्घकालीन बसोबास र कार्यस्थलको ठेगानाका आधारमा क्लोरोपाइरिफोसको संसर्गको मापन गरेका थिए।

क्यालिफोर्नियाको कीटनाशक प्रयोग सम्बन्धी रेकर्डसँग तुलना गर्दा आफ्नो घर वरपर लामो समयदेखि यो रसायनको संसर्गमा रहेका मानिसहरूमा रोगको जोखिम उल्लेखनीय रूपमा बढी भेटिएको थियो। अमेरिकामा सन् २००१ मा आवासीय क्षेत्रमा र २०२१ मा कृषि कार्यमा यसको प्रयोगमा केही प्रतिबन्ध लगाइए पनि अझै पनि विभिन्न बालीहरूमा यसको प्रयोग भइरहेको छ भने विश्वका धेरै देशहरूमा यो अझै पनि आम रूपमा प्रयोगमा छ।

यो कीटनाशकले मस्तिष्कलाई कसरी क्षति पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाउन वैज्ञानिकहरूले मुसा र ‘जेब्राफिस’ मा प्रयोगशाला परीक्षण समेत गरेका थिए। ११ हप्तासम्म क्लोरोपाइरिफोसको संसर्गमा राखिएका मुसाहरूमा मानिसमा जस्तै हिँडडुलको समस्या देखिएको र उनीहरूको डोपामाइन उत्पादन गर्ने न्युरोनहरू नष्ट भएको पाइयो।

यसका साथै मस्तिष्कमा इन्फ्लेमेसन र पार्किन्सन रोगसँग प्रत्यक्ष जोडिएको ‘अल्फा-सिन्युकिलिन’ नामक हानिकारक प्रोटिनको असामान्य संचय भएको देखियो, जसले मस्तिष्कको सामान्य कार्यप्रणालीलाई अवरुद्ध गर्दछ।

जेब्राफिसमा गरिएको थप अनुसन्धानले यसको पछाडिको मुख्य जैविक प्रक्रिया अर्थात् ‘अटोफेजी’ प्रणालीमा आउने अवरोधलाई उजागर गरेको छ। अटोफेजीलाई कोशिकाभित्रको आन्तरिक सफाइ र पुनर्चक्रण (क्लिनअप र रिसाइक्लिङ) प्रणाली मानिन्छ, जसले मस्तिष्कमा हानिकारक प्रोटिन र फोहोर जम्मा हुन दिँदैन।

क्लोरोपाइरिफोसले यो सफाइ प

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön