मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा १० जनामाथि मुद्दा

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

१५ असार, काठमाडौं । बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो । मन्दिरका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ताहरूले ११ लाख सात हजार रुपैयाँको…

१५ असार, काठमाडौं । बझाङको दुर्गाथली गाँउपालिकामा मन्दिर निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाँउपालिकाका १० जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बाँठपाली देवताको मन्दिर निर्माणमा २२ लाख एक हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।

मन्दिरका लागि ४५ लाख रुपैयाँ विनियोजन भएकोमा उपभोक्ताहरूले ११ लाख सात हजार रुपैयाँको काम गर्ने र कन्टेन्जेन्सी बापत २ लाख २५ हजार खर्च हुने भनिएको थियो ।

तर वास्तविक कामभन्दा २२ लाख एक हजार रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको भनी अख्तियारले छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नम्बर ६ की अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ।

अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथिभेरा गाँउपालिकाका इन्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहरामाथि मुद्दा दायर गरेको हो ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön