नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैंले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
१५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उनले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।…
१५ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उनले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।
मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताए ।
हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो ।
उहाँले ईयूको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दाबी गरे ।
मन्त्री पौडेलले भने,‘नेपाल भूपरिवेष्ठित कन्ट्री भएको कारणले र पर्यटनबाट राष्ट्रले ठूलो आकांक्षा राखेको अर्थबाट यो क्षेत्र हवाई उद्योगको एउटा ठूलो भूमिका नेपालको विकासमा अडिएको छ । हामी जति संख्यामा पर्यटकहरू भित्रयाउने आकांक्षा देखेका छौँ । त्यही अनुसार हामीले योजना, नीति बनाइरहन्छौ । तर हवाई क्षेत्रको अवस्था हेर्दा त्यो देखिँदैन । भएका कम्पनीका साथीहरूको पनि गुनासो मात्रै बढी छ । सप्रिँदै जाने भन्दा बिग्रँदै गएजस्तो देखिन्छ । र, अर्कोतिर सरकार आफैँले पनि फेरि चाहेर एउटा तातेताते गराई हालौं भन्ने अवस्था पनि छैन ।’
उनले अगाडि भने, ‘प्रमुख रूपमा त हामी सबैलाई थाहा छ–अहिले इयुको आकाशमा हामी प्रतिवन्धित छौ । त्यो प्रतिबन्धबाट उठाउनका लागि पनि हामीले धेरै नीतिगत, कानूनी सुधारहरु पनि गर्नुपर्नेछ । अरू धेरै सुरक्षाका मापदण्डलाई पूरा गर्दै जानुपर्नेछ ।’
मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराए ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →