नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन, नेताहरू मात्रै बाँकी छौँ : जनार्दन शर्मा

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

१५ असार, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन भइसकेको दाबी गरेका छन्। उनले अहिले कम्युनिष्ट आन्दोलन जीवित नरहेको बरु आन्दोलनमा लागेका नेता र समर्थकहरू मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन्। सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलन…

१५ असार, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन विघटन भइसकेको दाबी गरेका छन्। उनले अहिले कम्युनिष्ट आन्दोलन जीवित नरहेको बरु आन्दोलनमा लागेका नेता र समर्थकहरू मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन्।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमै पतन भएको बताए। आन्दोलनको मूल शक्ति विघटन भइसकेको भन्दै उनले यसलाई पुनर्जीवित गर्न नयाँ अभियान र व्यापक पुनर्गठन अपरिहार्य रहेको औँल्याए।

‘अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलियो। वैचारिक रूपले अल्मलियो, राजनीतिक रूपमा गन्जागोलमा गयो र साङ्गठनिक रूपले त एउटा नोकरशाहीतन्त्रमा फेरियो,’ शर्माले कार्यक्रममा भने, ‘मलाई लाग्दैन यहाँ अहिले कम्युनिष्ट आन्दोलन जीवित छ। आन्दोलनमा लागेका नेताहरू र हामीलाई समर्थन गरेका जनता मात्रै जीवित हौँ। आन्दोलन विघटन भइसकेको छ।’

कुनै समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनमत रहेको स्मरण गर्दै शर्माले अहिले त्यो जनधार निकै खस्किएको बताए।

वामपन्थी जनमत घटेको अवस्थाले पनि आन्दोलन विघटन भएको स्पष्ट पार्ने भन्दै उनले यो विघटित अवस्थामा आन्दोलनलाई पुनर्जीवन दिन नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्नेमा जोड दिए।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön