चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि जिप सफारी बन्द
बर्खा सुरु भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएकोले जिप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।
बर्खा सुरु भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएकोले जिप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।
१६, असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भोलि असार १७ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । बर्खा सुरु भएको तथा चितवन राष्ट्रिय निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरुङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपयुक्त समय भएकोले जिप सफारी बन्द गर्ने निर्णय गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।
असार १७ गतेदेखि असोजको पहिलो हप्तासम्म जिप सफारी बन्द गर्ने निकुञ्जको तयारी छ । बर्खाको समयमा निकुञ्ज भित्रका कच्ची वनपथहरु बिग्रने, जंगलमा भएका स-साना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा पर्यटकहरुलाई असहजतासमेत हुने भएकोले जिप सफारी बन्द गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।
निकुञ्जमा जिप सफारी बन्द भए पनि निकुञ्ज आसपासका क्षेत्रका मध्यवर्ती क्षेत्र तथा सामुदायिक बनहरुमा भने जिप सफारी हुने गर्दछ ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य राजश्व उठाउने जिप सफारी बन्द हुँदा पर्यटकहरु मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । निकुञ्जले हरेक बर्ष मध्य असारदेखि असोज पहिलो सातासम्म जिप सफारी बन्द गर्दै आएको छ ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →