चन्द्रागिरि–थानकोट केन्द्रित अवलोकन भ्रमण

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

१६ असार, काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघ र चन्द्रागिरि नगरपालिका– ४ को संयुक्त आयोजनामा 'प्राचीन व्यापारिक मार्ग तथा प्रमुख सम्पदाको अवलोकन एवं प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ । गत शनिबार कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रमले चन्द्रागिरि–थानकोट क्षेत्रको ऐतिहासिक व्यापारिक मार्ग, धार्मिक सम्पदा, प्राकृतिक पदमार्ग तथा स्थानीय संस्कृतिको संरक्षण, प्रवर्द्धन र पर्यटन…

१६ असार, काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघ र चन्द्रागिरि नगरपालिका– ४ को संयुक्त आयोजनामा ‘प्राचीन व्यापारिक मार्ग तथा प्रमुख सम्पदाको अवलोकन एवं प्रवर्द्धन कार्यक्रम’ सम्पन्न भएको छ । गत शनिबार कार्यक्रम आयोजना गरिएको थियो ।

यस कार्यक्रमले चन्द्रागिरि–थानकोट क्षेत्रको ऐतिहासिक व्यापारिक मार्ग, धार्मिक सम्पदा, प्राकृतिक पदमार्ग तथा स्थानीय संस्कृतिको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासका सम्भावनालाई उजागर गरेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, हनुमानढोका दरबार सङ्ग्रहालयसहित पर्यटनसँग सम्बन्धित विभिन्न संघ–संस्था, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी आदिको सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरू थानकोटस्थित ऐतिहासिक चुनदेवी मन्दिर परिसरबाट गरिएको थियो । सहभागीहरूले प्राचीन व्यापारिक मार्ग हुँदै देउराली भालेश्वर महादेव मन्दिरको अवलोकन गर्दै अन्तिम गन्तव्यमा आदिनारायण मन्दिर परिसर पुगेका थिए ।

उद्‍घाटन समारोहमा चन्द्रागिरि नगरपालिका–४ का अध्यक्ष श्री कृष्णप्रसाद खड्गीले कार्यक्रमको उद्देश्य प्राचीन व्यापारिक मार्ग, धार्मिक सम्पदा तथा प्राकृतिक पदमार्गलाई पर्यटनसँग जोडेर स्थानीय आर्थिक समृद्धिमा योगदान पुर्‍याउनु रहेको बताए ।

उनले वडा नं. ४ मा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको विस्तृत जानकारी प्रस्तुत गरेका थिए । तिनको संरक्षण र व्यवस्थित प्रवर्द्धनको आवश्यकता रहेको वडाअध्यक्ष खड्गीले बताए ।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालको प्राचीन सभ्यता, संस्कृति र सम्पदालाई आधुनिक माध्यमबाट विश्वसामु प्रस्तुत गर्न भावनात्मक र प्रामाणिक डिजिटल स्टोरवटेलिङ आवश्यक रहेको बताए ।

गन्तव्यको वास्तविक कथा, स्थानीय समुदायका अनुभव र सांस्कृतिक मौलिकतालाई समेटेर सिर्जना गरिने सामग्रीले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक पहिचान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त शर्माले व्यक्त गरे।

चुनदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ईश्वर लामाले चन्द्रागिरि क्षेत्रका पदमार्गहरू अझै पनि पर्याप्त प्रचार–प्रसार हुन नसकेको उल्लेख गरे ।

सम्बन्धित पर्यटन संघ–संस्था र सरोकारवालालाई यसको प्रभावकारी प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आग्रह लामाले आग्रह गरे ।

नेपाल पर्यटन विकास व्यवसायी संघका संस्थापक अध्यक्षले संस्थाको परिचय दिँदै यस्तो कार्यक्रम आयोजना गर्न पाएकोमा वडा नं. ४ का जनप्रतिनिधि तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे ।

संघका अध्यक्ष श्री अच्युत सिग्देलले चन्द्रागिरिको प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा तथा प्राचीन व्यापारिक मार्गले यस क्षेत्रलाई हाइकिङ, सांस्कृतिक पर्यटन, सम्पदा पर्यटन तथा अनुसन्धान पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त गन्तव्य बनाएको बताए ।

संस्थाका धेरै सदस्यहरू एमफिल/पीएचडी तहमा पर्यटन, संस्कृति र सम्पदा सम्बन्धी अनुसन्धानमा संलग्न रहेको सिग्देलले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूलाई हनुमानढोका

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön