आरेन राईका नजरमा चार कारणले चाहिन्छ संघीयता
संघीयताको सवालमा श्रम संस्कृति पार्टी चट्टान झैँ उभिने र संघीयता किन चाहिन्छ भनेर धारणाहरु राखिरहने बताए । यस सन्दर्भमा उनले संघीयता चाहिने चार आधार प्रस्तुत गरे ।
संघीयताको सवालमा श्रम संस्कृति पार्टी चट्टान झैँ उभिने र संघीयता किन चाहिन्छ भनेर धारणाहरु राखिरहने बताए । यस सन्दर्भमा उनले संघीयता चाहिने चार आधार प्रस्तुत गरे ।
१६ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राई ‘पछिल्लो समय कता–कता संघीयता माथि आक्रमण हुन्छ कि भन्ने खालको चिन्तन’ सतहमा देखिएको बताउँछन् । फेडरलिजम एण्ड लोकलाइजेशन सेन्टरले मंगलबार काठमाडौंंमा गरेको संघीयता कार्यान्वयनमा प्रदेश संरचनाबारेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राईले संघीयता त्यतिकै नआएको पनि बताए ।
‘यो संघीयताको विषयमा हामी जीवनभरि यो १२/१३ वर्ष संघीयताको लागि संघर्ष गर्दै आएको हो’ उनी भन्छन्, ‘यो संघीयता प्राप्तिको निम्ति थुप्रै नागरिकको योगदान छ । धेरै नागरिकले संघर्ष गरेका छन् र लामो संघर्ष बाट प्राप्त भएको हो ।’
‘हिजोको केन्द्रीकृत शासन प्रणालीले शहर केन्द्रित विकास गरे । गाउँ ठाउँ र पहाड हिमाल र अन्य भूगोलको क्षेत्र पछाडि परे । पछाडि परेको ठाउँमा बजेट पुगेन’ सांसद राई भन्छन्, ‘त्यसकारणले केन्द्रको संतुलित ढंगले बजेट बिनोजन गरेर विकास गर्नको निम्ति संघीयता चाहिन्छ ।’
नेपालको विविधता संरक्षणका निम्ति समेत संघीयता चाहिने उनको भनाइ छ ।
‘हामी बहुभासी, बहुधार्मिक, बहुसंस्कृतिको देश भन्छौ । र यो संविधानको प्रस्तावनामै छ’ उनी भन्छन्, ‘यो देशको सबै भाषि, धार्मिक संस्कृति रे ऐतिहासिक सभ्यताको संरक्षणल गर्न र त्यसलाई नामकरण गर्ने यो चाहिन्छ ।’
नागरिकलाई नजिकबाटै सेवा दिलाउन समेत संघीयता चाहिने उनको आग्रह छ ।
‘छिटो–छरितो सेवा सुविधाको कुरा छ । पहिले एउटा पासपोर्ट र नागरिकता बनाउन पर्यो भने काठमाडौँ आउनुपर्ने खालको स्थिति थियो महिनौ दिनसम्म दुख पाइन्थ्यो’ सांसद राई भन्छन्, ‘यो सबै कुरामा तपाईको छिटो छरितो र सरकार छ भन्ने अनुभूति नागरिकलाई दिलाउनुपर्छ ।’
पछिल्लो समय संघीयता खर्चिलो भएको भनेर यस्तो भाष्य बनाउने प्रयास भइराखेको उनले बताए ।
‘लाखौं कर्मचारी पाल्न खरबौं खर्च भएको छ । तर तपाईको चार सय, पाँच सय सांसदले पाल्नुको आरोप लगाइएको छ ।’ उनले भने ।
तथापि, प्रदेश सभा सदस्यको संख्याको विषयमाा छलफल गर्न सकिने उनको आग्रह छ । उनी थप्छन्, ‘सांसदको संख्यामा छलफल हुन सक्ला । तर संघीयता नै गलत भन्नु भनेको लामो समयसम्म जो प्राप्त भएको छ त्यो माथि अपमान गर्नु हो ।’
नेपाल भन्दा सानो मुलुकहरुमा संघीयता अभ्यासमा रहेको भन्दै उनले संघीयता आफैमा गलत नरहेको बताए ।
‘संघीयतालाई गलत ढंगले प्रयोग गरेको हो भन्न सकिएला तर संघीयता आफैमा गलत हैन’ उनी भन्छन्, ‘मैले संसद्को रोष्ट्रममा पहिलो पटक बोल्दा सरकारलाई भनेको छु, ‘संघीयता धर्मनिरुपेक्षता, लोकतन्त्र र गणतन्त्र माथि छेडखानी प्रयास नगर्नुहोला ।’
छेडखानी फेरि अर्को आन्दोलन हुने र त्यसले समाजमा द्धन्द्ध सिर्जएन गर्ने उनको चेतावनी छ ।
‘आम नागरिक र सबै सभ्यता भएकाहरु सबैको सिंहदरबार हो भन्ने अनुभूति नभए सिंहदरबारको बिरुद्धमा सधैभरि आन्दोलन हुन्छ, त्यसको बिरुद्धमा संघर्ष भइरहन्छ’ सांसद राई थप्छन्, ‘संघियताको पक्षमा हामी सधै चट्टान झै
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →