रास्वपालाई सीके राउतको प्रश्न- प्रदेश सभा यथावत राख्छौं किन नभनेको ?

📌 Diğer 📰 Nepal 🕐 3 saat önce

१६ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालमा संघीयताको असली अभ्यास हुनै नसकेको बताएका छन् । यसमा विभिन्न पक्ष जिम्मेवार रहेको उनको भनाइ छ । फेडरलिजम एन्ड लोकलाइजेसन सेन्टरले मंगलबार काठमाडौंंमा गरेको संघीयता कार्यान्वयनमा प्रदेश संरचनाबारेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताको अभ्यासमा कसको कस्तो कमजोरी रह्यो भनेर औंल्याएन खोजे । ‘हामीले औंल्याउनुपर्छ…

राउतले भनेका छन्- नेपाली सेनाले संघीयता चाहँदैन । सिधा कुरा छ, यसले सार्वभौमसत्ता खण्डित भएको देख्न चाहँदैन । त्यही भएर उसले जहिले पनि भ्रम सृजना गर्छ कि नेपालका नेताहरू भनेको खराब, सार्वभौम सत्ता सम्पन्न संसद् खराब, प्रदेश सभा खराब भनेर उसले त्यस्तो खालको कार्य गर्दैछ ।

१६ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपालमा संघीयताको असली अभ्यास हुनै नसकेको बताएका छन् । यसमा विभिन्न पक्ष जिम्मेवार रहेको उनको भनाइ छ ।

फेडरलिजम एन्ड लोकलाइजेसन सेन्टरले मंगलबार काठमाडौंंमा गरेको संघीयता कार्यान्वयनमा प्रदेश संरचनाबारेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताको अभ्यासमा कसको कस्तो कमजोरी रह्यो भनेर औंल्याएन खोजे ।

‘हामीले औंल्याउनुपर्छ पर्छ कि कहाँ हामी चुक्दै छौँ ? यो आक्रमण कहाँबाट हुँदै छ ? त्यो पहिला हेर्नु पर्छ । आक्रमण कसले गर्दै छ,’ उनी भन्छन्, ‘कसले गर्दै छ आक्रमण ? यो संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण कहाँबाट भइराखेको छ ?’

यसक्रममा अध्यक्ष राउतले नेपाली सेना र कर्मचारी वर्गको चर्चा गरेका हुन् । संघीयतामाथि आक्रमण गर्ने शक्तिका रूपमा सुरुमा उनले राजावादीलाई देखाए । ‘एउटा गणतन्त्र हुने बित्तिकै राजावादी शक्तिहरूले आक्रमण गर्ने भए हामी बुझ्छौँ,’ उनले भने ।

‘संघीयता त्यसले खारेज गर्न खोज्दैछ, जसको अधिकार सिंहदरबारबाट खोसिँदै छ । सातवटा ठाउँमा विभक्त हुँदैछ,’ राउत भन्छन्, ‘हिजो सिंहदरबारमा बसेर एकल रूपमा एकल जातीय वर्चस्व राखेर यहाँ अभ्यास गरिराखेका मान्छेहरूलाई आपत्ति छ ।’

मुलुक संघीयतामा गएसँगै प्रदेशहरूले आफ्नै बजेट बनाउन थाले, आफैँ विकास गर्न थाले । अध्यक्ष राउतका नजरमा यस्तोमा एकल जातीय वर्चस्वमा सिंहदरबारमा बोर अधिकार उपयोग गरिरहेकाहरूले आफ्नो महत्त्व कम भएको महसुस गरे । उनी थप्छन्, ‘हाम्रो भ्यालू कम भयो । हामीबाट अधिकार खोसियो भन्ने सिंहदरबारमा बसिराखेको जुन वर्ग छ, त्यसले आक्रमण गर्दैछ ।’

संघीयता नचाहने तेस्रोमा अध्यक्ष राउतले नेपाली सेनालाई जोडेका हुन् ।

‘तेस्रो स्थायी प्रकृतिका जुन राज्य संरचना छन् सेना । म खोलेर भन्छु, नेपाली सेनाले संघीयता चाहँदैन,’ राउतले भने, ‘सिधा कुरा छ, यसले सार्वभौमसत्ता खण्डित भएको देख्न चाहँदैन । त्यही भएर उसले जहिले पनि भ्रम सृजना गर्छ कि नेपालका नेताहरू भनेको खराब, सार्वभौम सत्ता सम्पन्न संसद् खराब, प्रदेश सभा खराब भनेर उसले त्यस्तो खालको कार्य गर्दैछ ।’

संघीयतामाथि आक्रमण गर्ने चौथो शक्तिको रूपमा उनले कर्मचारी वर्गलाई देखाए ।

‘चौथो चाही कर्मचारी वर्ग । जुन सिंहदरबारमा हिजो कर्मचारीहरू बसेका थिए सर्वशक्तिमान हुन्थे । ५० हजार बजेट चाहियो भने यहाँ आएर, जुत्ता खियाएर, खुट्टा ढोगेर अनि ६ महिना बसेर अनि बल्ल लान सकिन्थ्यो । त्यो कर्मचारी वर्गले त्यो अधिकार हामीलाई दिन चाहँदैन । आफ्नै मुठीमा राखी राख्न चाहन्छ ।’

संघीयतामाथि आक्रमण गर्ने पाचौं शक्तिका रूपमा जनमत पार्टीका अध्यक्ष राउतले रिग्रेसिभ एजेन्डा बोकेका पार्टीहरूलाई देखाए ।

‘केही रिग्रेसिभ एजेन्डा बोकेका पार्टीहरू, नाम खुलेर भन्दा जुन

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön