महान्यायाधिवक्ता कँडेल नेपाल-बेलायत आउजाउको अभिलेख पेस गर्न सर्वोच्चको आदेश
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत बसाइको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो ।
महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत बसाइको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो ।
१६ असार, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न अध्यागमन विभागका नाममा आदेश दिएको छ ।
सर्वोच्च अदालतले सन् २०१५ देखि २०२४ सम्मको सम्पूर्ण विवरण झिकाउनू भनी आदेश गरेको हो ।
त्यसका साथै सर्वोच्च अदालतले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने भनी २२ चैत, २०८२ मा प्रधानमन्त्रीबाट भएको निर्णय पनि झिकाएको छ ।
सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता चाहिने महान्यायाधिवक्तामा कँडेलको योग्यता नपुग्ने दाबीसहित अधिवक्ता माधव कुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए ।
न्यायाधीशहरूरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले निर्णय र आवतजावतको विवरण पेश गर्न आदेश दिएको हो ।
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →