बालेनको समयमा लामा भाषण
भाषणलाई तिनको समयदूरीका आधारमा होइन, औचित्यका आधारमा मन पराउने र नपराउने, अर्थात् आलोचना र समर्थन दिने बानी बसालौं, है त । नबोलुँ भन्यो भनेर पुग्दैन । बोल्नु परिहाल्छ । किन कि बोल्न जरुरी छ ।
भाषणलाई तिनको समयदूरीका आधारमा होइन, औचित्यका आधारमा मन पराउने र नपराउने, अर्थात् आलोचना र समर्थन दिने बानी बसालौं, है त । नबोलुँ भन्यो भनेर पुग्दैन । बोल्नु परिहाल्छ । किन कि बोल्न जरुरी छ ।
नबोलुँ भन्यो, बोल्नु परिहाल्छ । अहिले नेपालमा सकेसम्म भाषण नै नगर्ने, गर्नैपरे पनि केही मिनेटमा खत्तम गरिदिने ट्रेन्ड आएको छ । राम्रै हो, लामा–लामा भाषण गर्दैमा देश बन्ने हो र ?
यदि त्यस्तो हुन्थ्यो भने यो देश उहिल्यै बनिसक्थ्यो । यसरी पनि सोच्न पाइयो । हुन त यो देश बन्ने, देश बनाउने भन्ने शब्दलाई पनि इन्जिनियरिङको ह्याङबाट हल्का बाहिर निकाल्नैपर्ने भएको छ ।
आज यता समय खर्च नगरुँ । यो समय बरु लामा भाषणकै महत्वबारे खर्चिदिउँ ।
त्यसअघि दुईवटा नमुना छोटा भाषणहरूको छोटै कुराकानी । हाम्रा प्रधानमन्त्री बालेन शाहले चुनाव प्रचारका बेला जम्माजम्मी २७ मिनेट बोलेको कुरो पनि चर्चाकै विषय बन्यो ।
अनि डिपी अर्याललाई सभामुख बनाइयोस् भन्ने रवि लामिछानेको प्रस्तावमा बालेनका साथी तथा हालका भौतिकमन्त्री सुनील लम्सालले जम्मा एक मिनेट बोलेर ‘मेरो समर्थन छ’ टाइपमा बोलेर चल्दिए ।
यी सब कुराहरू हेर्दा स्वादै परेका छन् । जब सत्य नै सामुन्नेमा छ भने शब्द किन खर्च गर्नुपर्यो भन्ने मनसुबा होला अहिले सत्तापक्षको ।
एकपल्ट मैले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पश्चिम नेपालको एक उद्घाटन र भाषणको प्रसंग कोट्याउँदै भनेको थिएँ, ‘कलिला स्कुले बच्चीहरूलाई बाटामा स्वागत गर्न उभ्याएर उद्घाटन, शिलान्यास गर्न जानैपर्ने, अनि लामा–लामा भाषण छाँट्नैपर्ने निरन्तरतामा क्रमभंग गर्न मिल्दैन ?’
प्रचण्डले त जवाफकै पो क्रमभंग गरिदिए । उनले भने, ‘त्यै त । दिउँसो उद्घाटन र भाषण गर्दा काम गर्ने समय खेर गयो भन्ने मलाई पनि पर्या छ । त्यसैले अबदेखि मैले दिउँसो काम गर्ने, उद्घाटन र लामा मन्तव्य चाहिँ रातिराति राख्ने विचार गरेको छु ।’
यो अचाहिँदो लामो भाषण दिने र उद्घाटनमा जानैपर्ने कुप्रथा तोडौं पो भनेको । प्रचण्डले अर्थोकै बुझेछन् । उनीपछि प्रधानमन्त्री बनेका केपी ओलीको त कुरै नगरुँ । संसदमा होस् कि अन्यत्र, उनी जहाँ पनि लामा भाषण गर्ने । सुरुसुरुमा त मान्छेलाई रमाइलो पनि लाग्यो होला । तर कुराले चिउरा नभिजेपछि मान्छेले उनीहरूलाई पनि वास्ता गर्न छाडे ।
अब म यो पनि निचोड ननिकालुँ कि थोरै बोल्दैमा देउवा चाहिँ महान थिए !
नेपालमा अहिले जसरी पुराना र नयाँ भन्ने शब्दमा प्रष्टै समस्या देखिन थालेको छ, त्यसैगरी लामा र छोटा भाषणको लम्बाईकै आधारमा राम्रो र नराम्रो भन्ने भाष्य बन्न थालेको छ । त्यो भाष्य नै संकटग्रस्त छ ।
म यो किन भन्दैछु भने, खासमा यति बेला हामीलाई अकस्मात् लामा भाषणहरूको खाँचो पर्न गएको छ । हामीलाई लामा बहस, छलफल र विमर्शहरूको तिर्खा बढेर जानुपर्छ ।
र, पार्टीका नेताहरूले यो नठानुन्, ती लामा भाषण हामीले नै दिनुपर्छ । ती भाषण अब सन्जीव उप्रेती, चैतन्य मिश्र, प्रत्युष वन्त, सीके लाल, हरि शर्मा, सुचेता प्याकुरेल, दोभान राई, उज्ज्वल प्रसाईं, सुमना श्रेष्ठ, दीपा नेपाली, उत्तमबाबु श्रेष्ठ, जेबी विश्वकर्मा व
📌 Kaynak
Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.
Orijinal haberi oku →