कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

📌 Diğer 📰 Nepal 🕐 4 saat önce

१६ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२५ अन्तर्गत कामना सेवा विकास बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड पाएको छ । योसँगै बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले यसअघि २०२३ मा बीपीए सिल्भर अवार्ड,…

१६ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२५ अन्तर्गत कामना सेवा विकास बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड पाएको छ ।

योसँगै बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले यसअघि २०२३ मा बीपीए सिल्भर अवार्ड, तथा २०२४ मा बीपीए गोल्ड अवार्ड पाइसकेको छ ।

वित्तीय विवरण लगातार रुपमा दक्षिण एसियामै विशिष्ट, सफा रहेकाले यो अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । ‘बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवार्ड बैंकको वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो । बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।

काठमाडौंको होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहमा आइक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरे ।

‘यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ’ बैंकले भनेको छ ।

📌 Kaynak

Bu haber XML kaynağından derlenmiştir. Tamamı için orijinal habere gidin.

Orijinal haberi oku →
📱
News AI World — Mobil uygulama
Bu haberleri 45 dilde, anlık çeviriyle cebinde. Erken erişim için Gmail adresini bırak.
← Tüm haberlere dön